logo

चामलको आयात बढ्यो, पाँच महिनामै १९ अर्बको आयात 

    1574   पटक पढिएको

१३ पुस/अर्थ र व्यापार– चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो पाँच महिना (साउन–मंसिर) मा नेपालले १९ अर्ब रुपैयाँ बराबरको चामल आयात गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार आव २०७६/७७ को पहिलो पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा करिब ७ अर्ब रुपैयाँभन्दा बढीको चामल आयात भएको हो।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको पहिलो पाँच महिनामा कुल १८ अर्ब १९ करोड ६५ लाख ९५ हजार रुपैयाँ बराबरको ५ लाख २२ हजार ९१ मेट्रिक टन धानचामल आयात भएको छ । भने गत आर्थिक वर्षको सोही अवधिमा कुल ११ अर्ब १९ करोड ३४ लाख ४२ हजार रुपैयाँ बराबरको २ लाख ८३ हजार ९९६ मेट्रिक टन धानचामल आयात भएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्की कोभिड–१९ प्रकोपका कारण अधिकांश नेपाली स्वदेशमै बस्नु, कोदो, फापर, मकै, गहुँ सबै किसिमका खाद्यान्न उपभोग नगर्नु,तथा नेपालीहरुको भात खानैपर्ने बानीका कारण चामलको आयात बढेको बताउछन् ।

गत आव २०७६/७७ मा नेपालमा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । अघिल्लो आव २०७५/७६ मा ५६ लाख १० हजार मेट्रिक टन उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।