logo

मनोजबहादुर न्याछ्यों ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित 

    2389   पटक पढिएको

१९ पुस/अर्थ र व्यापार– ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मनोजबहादुर न्याछ्यो विजयी भएका छन्।

ललितपुर उद्योग वाणिज्य संघको ४१ औं वार्षिक सभाअन्तर्गत शनिबार भएको निर्वाचनमा भरतलाल जोशीलाई पराजित गर्दै न्याछ्यों अध्यक्षमा निर्वाचित भएका हुन् ।

भरतलाल जोशी र मनोजबहादुर न्याछ्यो अध्यक्षका लागि चुनावी मैदानमा प्यानलसहित उत्रेका थिए । 
यस्तै, वरिष्ठ उपाध्यक्षमा विश्वराज बज्राचार्य, उद्योग उपाध्यक्ष सुशन महर्जन, वाणिज्य उपाध्यक्ष उसन बज्राचार्य, संस्थागत उपाध्यक्ष विरेन्द्रलाल श्रेष्ठ, महासचिव रूपकमान महर्जन र कोषाध्यक्षमा भूमिनन्दन कर्माचार्य निर्वाचित भएका छन् ।

त्यस्तै, कार्यसमिति सदस्यमा रूपेन्द्र राज शाक्य, राजेश राज बज्राचार्य, मिलन शाक्य, आपुलाल अवाले, मुकुन्द महर्जन, सुजन बज्राचार्य, राजु महर्जन, महेश श्रेष्ठ, गुनकेशरी ताम्राकार, रमेश महर्जन, शर्मिला श्रेष्ठ, सजना श्रेष्ठ र विमला शाक्य निर्वाचित भएका छन् ।

२२ पदका लागि भएको निर्वाचनमा ४२ को उम्मेदवारी परेको थियो । कार्यसमिति समितिमा पूर्ण महर्जन र नविनमान श्रेष्ठ यसअघिनै निर्विरोध निर्वाचित भईसकेका छन् ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।