logo

फास्ट ट्रयाकमा अप्टिकल फाइबर बिच्छाउन नेपाल टेलिकम र सेनाबीच सम्झौता

    1618   पटक पढिएको

१२ पुस/अर्थ र व्यापार– नेपाल टेलिकम र सेनाबीच काठमाडौ­तराई–मधेश द्रुत मार्गमा अप्टिकल फाइबर बिछ्याउने विषयमा सम्झौता भएको छ ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन ७२.५ कि.मीको फास्ट ट्रयाकमा टेलिकमले इन्टरनेट पूर्वाधार विकास गर्ने गरी नेपाली सेनासंग सम्झौता गरेको हो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र द्रुतमार्ग सडक आयोजनाका प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलले २०७७ पुस १० गते एमओयूमा हस्ताक्षर गरेका छन् ।

काठमाडौ­तराई–मधेश फास्ट ट्रयाक आयोजना निर्माणका क्रममा नै अप्टिकल फाइबरसँग बिछ्याउने ठेक्का समावेश गरी आवश्यक संरचना निर्माण गर्ने प्रावधान सम्झौतामा उल्लेख गरिएको टेलिकमले जनाएको छ । 

टेलिकमले तीव्र गतिमा निकै ठूलो परिमाणमा डेटा आदानप्रदान गर्न सकिने अप्टिकल फाइबर प्रविधि जडानका लागि आवश्यक लागत र प्राविधिक जनशक्तिको व्यवस्थापन गर्नेे जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।