logo

फास्ट ट्रयाकमा अप्टिकल फाइबर बिच्छाउन नेपाल टेलिकम र सेनाबीच सम्झौता

    1746   पटक पढिएको

१२ पुस/अर्थ र व्यापार– नेपाल टेलिकम र सेनाबीच काठमाडौ­तराई–मधेश द्रुत मार्गमा अप्टिकल फाइबर बिछ्याउने विषयमा सम्झौता भएको छ ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन ७२.५ कि.मीको फास्ट ट्रयाकमा टेलिकमले इन्टरनेट पूर्वाधार विकास गर्ने गरी नेपाली सेनासंग सम्झौता गरेको हो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र द्रुतमार्ग सडक आयोजनाका प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलले २०७७ पुस १० गते एमओयूमा हस्ताक्षर गरेका छन् ।

काठमाडौ­तराई–मधेश फास्ट ट्रयाक आयोजना निर्माणका क्रममा नै अप्टिकल फाइबरसँग बिछ्याउने ठेक्का समावेश गरी आवश्यक संरचना निर्माण गर्ने प्रावधान सम्झौतामा उल्लेख गरिएको टेलिकमले जनाएको छ । 

टेलिकमले तीव्र गतिमा निकै ठूलो परिमाणमा डेटा आदानप्रदान गर्न सकिने अप्टिकल फाइबर प्रविधि जडानका लागि आवश्यक लागत र प्राविधिक जनशक्तिको व्यवस्थापन गर्नेे जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।