१३ पुस/अर्थ र व्यापार– प्रहरीले भन्सार छलीको सुन र स्रोत नखुलेको रकमसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिकाका प्रह्लाद थापा र धादिङको ज्वालामुखीका अर्जुनप्रसाद थपलिया रहेका छन् ।
प्रहरीले प्रह्लाद थापाबाट भन्सार छलीको ५० ग्राम सुन र स्रोत नखुलेको ४ लाख ३७ हजार रुपैयाँ बरामद गरेको छ ।
यस्तै प्रहरीले अर्जुनप्रसाद थपलियाबाट पनि भन्सार छलीको ५० ग्राम सुन तथा स्रोत नखुलेको ४ लाख ४० हजार रुपैयाँ बरामद गरेको छ ।
उनीहरुलाई थप अनुसन्धान एवं कारबाहीको लागि बरामद सुन र नेपाली रुपैयाँसहित राजस्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया