logo

जयनगर–कुर्था रेल सेवा माघबाट सञ्चालनमा आउने

    1671   पटक पढिएको

१३ पुस/अर्थ र व्यापार– आगामी माघबाट जयनगर–कुर्था रेल सेवा सञ्चालनमा आउने भएको छ । 

रेल विभागले करिब ३ महिनाअघि नेपाल ल्याएको रेल अब रेल मार्गको आवश्यक मर्मत, कर्मचारीलाई तालिम र सफ्टवेयरको काम सकिएसँगै माघबाट सञ्चालनमा ल्याउन लागिएको हो । 

भारतले निर्माण गरेको संरचना १५ देखि २० दिनमा तयार भएपछि रेल चलाउने तयारी भएको रेल्वे विभागले जनाएको छ ।

जयनगर कुर्था रेलमार्गमा रेल चलाउनका लागि गत असोजमा रेल विभागले कोकन रेल्वे कर्पाेरेसन लिमिटेडसँग जीटूजी (सरकार टू सरकार) मार्फत खरीद सम्झौता गरेको २ वटा १६०० एचपी डेमु रेल नेपाल ल्याएको हो ।

विभागले भारत सरकारको मातहतमा रहेको कोकन रेलवे कर्पोरेसनसँग भन्सार शुल्कबाहेक झण्डै ८४ करोड (८३ करोड ९३ लाख ६० हजार) मा २ वटा रेल किनिएको हो ।

रेल चलाउनको लागि दक्ष जनशक्तिको अभाव हुनु, रेलमार्गको मर्मत र कर्मचारीलाई तालिम दिन बाँकी रहेका कारणले पनि रेल सञ्चालमा आउन सकेको थिएन् ।

रेल्वे कम्पनीले नेपालमा रेलसम्बन्धी अनुभव भएका जनशक्ति नभएकाले भारतबाट २६ जना कर्मचारी ल्याउन लागेको छ ।

हाल रेल्वे कम्पनीमा झण्डै ६० जना अस्थायी कर्मचारी र १२ जना स्थायी कर्मचारी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।