२१ पुस/अर्थ र व्यापार– राजस्व अनुसन्धान विभागले व्यवसायी प्रदीप साहविरुद्ध मूल्य अभिवृद्धि कर (भ्याट) छली मुद्दामा ६५ करोड मागदाबीसहित मुद्दा दायर गरेको छ ।
राजस्व अनुसन्धान विभागको अनुसन्धानमा भ्याट छली गरेको पाईएपछि विभागले साह सहित १० जना विरुद्ध कैद समेत माग गर्दै सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
व्यवसायी साहले आरकेएम ट्रेडिङ्ग प्रालि लगायत विभिन्न १३ वटा फर्महरु कमजोर आर्थिक अवस्था भएका मजदुर लगायतका व्यक्तिको नाममा दर्ता गरी ती सबै फर्मको बैक खाता संचालन साहले नै गर्दै आएको थियो ।
साहले विभिन्न फर्महरुको नाममा झुठ्ठा तथा नक्कली बिक्री बिजक जारी गरी भ्याट तथा आयकर राजस्व चुहावट गरेको भेटिएको हो ।
तपाईको प्रतिक्रिया