logo

एक वर्षपछि पुनः जीटूजीमा रासायनिक मल खरिद गर्नबारे भारतसंग छलफल  

    1815   पटक पढिएको

९ पुस/अर्थ र व्यापार– भारतबाट जीटूजीमा (सरकार-सरकार) रासायनिक मल खरिद गर्नेबारे सहसचिव तहमा नेपाल र भारतका अधिकारीहरुले बुधबार भर्चुअल माध्यमबाट छलफल गरेका छन् ।

जीटूजीमा रासायनिक मल खरिद गर्ने बारे भारत संग रोकिएको छलफल एक वर्षपछि पुनः अघि बढेको हो ।

भर्चुअल माध्यमबाट भएको छलफलमा नेपाली बार्ता टोलीको नेतृत्व मन्त्रालयका सहसचिव डा. कान्चन पाण्डेले र भारतबाट भारतिय उर्वरक तथा रसायन मन्त्रालयका सहसचिव धरम पालले बार्तामा सहभागीता जनाएको थियो ।

कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.हरिबहादुर केसीले मल खरिदबारे गत वर्ष राखेको प्रस्तावबारे भारतीय पक्षलाई जानकारी गराइएको र थप प्रक्रिया अघि बढाउने सम्बन्धमा भारतीय पक्षको धारणा मागिएको जानकारी दिए ।

जवाफमा भारतीय पक्षले नेपालको प्रस्ताव सकारात्मक भएको र थप छलफल गरेर अघि बढ्न सकिने बताएको प्रवक्ता केसीले बताए ।

दुवै देशले स्पष्ट मोडालिटीसहित पुनः सम्वादमा बस्ने गरेर आजको छलफल टुंगिएको मन्त्रालयले जनाएको छ । अर्को बार्ताको मिति भने तय भएको छैन् ।

नेपालले भारतसमक्ष अघिल्लो वर्षनै पेट्रोलियम पदार्थकै मोडालिटीमा भारतबाट रासायनिक मल खरिद गर्न औपचारिक प्रस्ताव गरेको थियो ।

तर दुई देशबीचको राजनीतिक सम्बन्ध चिसिएपछि भारतले नेपालको प्रस्तावलाई वेवास्ता गर्दै आएको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।