logo

एक वर्षपछि पुनः जीटूजीमा रासायनिक मल खरिद गर्नबारे भारतसंग छलफल  

    1996   पटक पढिएको

९ पुस/अर्थ र व्यापार– भारतबाट जीटूजीमा (सरकार-सरकार) रासायनिक मल खरिद गर्नेबारे सहसचिव तहमा नेपाल र भारतका अधिकारीहरुले बुधबार भर्चुअल माध्यमबाट छलफल गरेका छन् ।

जीटूजीमा रासायनिक मल खरिद गर्ने बारे भारत संग रोकिएको छलफल एक वर्षपछि पुनः अघि बढेको हो ।

भर्चुअल माध्यमबाट भएको छलफलमा नेपाली बार्ता टोलीको नेतृत्व मन्त्रालयका सहसचिव डा. कान्चन पाण्डेले र भारतबाट भारतिय उर्वरक तथा रसायन मन्त्रालयका सहसचिव धरम पालले बार्तामा सहभागीता जनाएको थियो ।

कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.हरिबहादुर केसीले मल खरिदबारे गत वर्ष राखेको प्रस्तावबारे भारतीय पक्षलाई जानकारी गराइएको र थप प्रक्रिया अघि बढाउने सम्बन्धमा भारतीय पक्षको धारणा मागिएको जानकारी दिए ।

जवाफमा भारतीय पक्षले नेपालको प्रस्ताव सकारात्मक भएको र थप छलफल गरेर अघि बढ्न सकिने बताएको प्रवक्ता केसीले बताए ।

दुवै देशले स्पष्ट मोडालिटीसहित पुनः सम्वादमा बस्ने गरेर आजको छलफल टुंगिएको मन्त्रालयले जनाएको छ । अर्को बार्ताको मिति भने तय भएको छैन् ।

नेपालले भारतसमक्ष अघिल्लो वर्षनै पेट्रोलियम पदार्थकै मोडालिटीमा भारतबाट रासायनिक मल खरिद गर्न औपचारिक प्रस्ताव गरेको थियो ।

तर दुई देशबीचको राजनीतिक सम्बन्ध चिसिएपछि भारतले नेपालको प्रस्तावलाई वेवास्ता गर्दै आएको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।