logo

५ महीनामा जेनेरेटर आयात ३ सय ५९ प्रतिशतले बढ्यो 

    1514   पटक पढिएको

२२ पुस/अर्थ र व्यापार– चालू आर्थिक वर्षको पहिलो ५ महीनामा जेनेरेटरको आयातमा उल्लेख्य बृद्धी भएकोछ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको पहिलो ५ महिनाको तुलनामा जेनेरेटरको आयात ३ सय ५९ प्रतिशतले बढेको हो ।

चालू आवको पहिलो ५ महीनामा भन्सारबाट कुल ७०७ थान जेनेरेटर नेपाल भित्रिएका छन् । गत आवको सोहि अवधिमा १५४ थान मात्र जेनेरेटर भित्रिएको थियो ।

चालू आवको पहिलो ५ महीनामा ब्याट्रीको आयातमा पनि ७७ प्रतिशतले वृद्धि भएको छ । तर गत आवमा इन्भर्टरको आयात ५६ थानबाट घटेर ५० थान मात्रै आयात भएकोमा चालु आवको पहिलो ५ महिनामा जम्मा २९ थान मात्र इन्भर्टर आयात भएको विभागको तथ्यांकले देखाउँछ ।

कुलमान घिसिङको कार्यकाल सकिएसँगै पहिलेको तुलनामा बढी बिजुली काटिन थालेपछि केही समयको लागि भएपनि काम कारबाही तथा व्यवसाय प्रभावित हुन थालेको प्रति सर्वसाधारणको गुनासो बढेको छ । 

सर्वसाधारणमा लोडशेडिङ फेरि शुरू हुने हो कि भन्ने आशंका बढ्दै गएपछि प्राधिकरणले दुईपटक विज्ञप्ति नै निकालेर लोडशेडिङ नहुने बताइसकेको छ । 

भन्सार विभागका महानिर्देशक सुमन दाहालले यही कारणले जेनेरेटरको आयात बढेको भनेर एकिन गर्न नसकेपनि तथ्यांकअनुसार गतवर्षको तुलनामा जेनेरेटरको आयात बढेको बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।