सरकारले व्यापार प्रवद्र्धन तथा सहजीकरणको लागी बनाएको सूचना पोर्टलको काम ९५ प्रतिशत सकिएको छ ।
मिडिया एलाइन्स नेपाल, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र नेपाल विज्ञापन संघले तत्काल व्यवसायिक व्यक्तिहरुको संलग्नतामा विज्ञापन बोर्ड गठन गर्न माग गरेका छन्।
सेयरबजारका ठुला लगानीकर्ता अम्बिका प्रसाद पौडेलले नेपाल उद्योग बाणिज्य महासंघमा एसोसिएट्स तर्फबाट केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष सर्वसम्मतले चयन गर्नका लागी छलफल अघि बढाइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले कोभिड–१९ महामारीका कारण उत्पन्न संकट निवारणका लागी महासंघमा सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र उनको समूहले उम्मेदवारी उम्मेदवारी दर्ताको घोषणा गरेका छन् । राजधानीको भिभान्त होटलमा सोमबार कार्यक्रम गर्दै प्रधान समूहले उम्मेदवारी दर्ताको घोषणा गरेको हो । प्रधानलाई अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको साथ रहेको छ ।
वागमती प्रदेश सरकारले हुलाक सेवा विभागसँगको सहकार्यमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) अबदेखी सेवाग्राहीको घरमै उपलब्ध गराउने भएको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगंज नाकाबाट सवारी साधन र इन्धनको आयातमा ४८ प्रतिशतले गिरावट आएको छ ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ को थानकोट र मकवानपुरको थाहा नगरपालिका–९ जोड्ने साढे २२ किलोमिटर लामो गणेशमान मार्गको स्तरोन्नति गर्न संघीय सरकारले १३ करोड रुपैंयाँ उपलब्ध गराएको हो ।
नेपालमै रासायनिक मलको कारखाना खोल्न सकिने कृषि मन्त्रालयको अध्ययन कार्यदलले निष्कर्ष निकालेको छ ।
२७ कर्मचारीमा एकै पटक कोरोना संक्रमण पुष्टि भएपछि बुधबारदेखि २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण बन्द भएको हो ।
मनाङको भर्ताङमा रहेको एग्रो मनाङले उत्पादन गरेको ‘हिमालयन फ्रेस’ ब्राण्डको स्याउ काठमाडौँ आइपुगेको छ ।
तामाकोशी–काठमाडौं ४०० केभी प्रसारण लाइनको निर्माण प्रक्रिया सुरु भएको छ ।
निजी क्षेत्रको पहिलो छाता संगठन नेपाल चेम्बर अफ कमर्श ७० औँ वर्षमा प्रवेश गरेको छ ।
विद्युत नियमन आयोगले १० मेगावाट भन्दा साना जलविद्युत आयोजनालाई हाइड्रोलोजी पेनाल्टी नलगाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।
आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएर बर्षौदेखी कर विवरण नबुझाएका करदाताको विवरण सार्वजनिक गरेको छ ।
व्यवसायी, समाजसेवी तथा ‘योगदान राष्ट्रको लागि’ संस्थाका अध्यक्ष ओम उप्रेतीले देशव्यापी प्राथमिक उपचार तालिम संञ्चालन गर्ने घोषण गरेको छ ।
वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को पाँचौ सम्मेलन आगामी वर्षको जनवरीमा गर्ने तयारी भएको छ ।
लमजुङ र मनाङ जिल्लाका करदातालाई समेट्ने गरी लमजुङको बेसिशहरमा करदाता सेवा कार्यालय स्थापना भएको छ ।
कोभिड-१९ का कारण लकडाउन सुरु भएदेखि ७ वटा मुलुकबाट १ सय ३२ परियोजनामा २६ अर्ब नेपाली रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
सरकारले महावाणिज्य दूतावास खोल्ने सहमति भएको झण्डै एक वर्षपछि चीनको सिचुवान प्रान्तको छेन्दुमा सहसचिवस्तरको दरबन्दी पठाउने निर्णय गरेको छ ।
सरकारले सबै तहका परीक्षा संचालन गर्न सैद्धान्तिक सहमति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सवै तहका परीक्षा संचालका लागि सम्बन्धित निकायहरुलाई सैद्धान्तिक सहमति दिएको हो ।
हङकङले नेपाल एयरलाइन्सलाई २ हप्ताको लागि हङकङ उडान भर्न रोक लगाएको छ । नेपाल एयरलाइन्स चढेर हङकङ पुगेका यात्रुमा कोरोना भाइरसको पुष्टि भएपछि नेपाल एयरलाइन्सको उडान अनुमति रोकेको हो।
कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा खुलेपनि माग कम हुदा सिमेन्ट र डन्डी उद्योग ५० प्रतिशत क्षमतामा मात्रै सञ्चालन भएका छन् ।
नेपाल राष्ट्र बैंकले सरकारका लागि आन्तरिक ऋण उठाइ दिने क्रममा २०८४ सालमा परिपक्व हुने ’विकास ऋणपत्र’ जारी गरेको छ ।