logo

दरौंदी–गोरखा बृहत पम्पिङ खानेपानी आयोजनाको काम ९८ प्रतिशत पूरा

    1678   पटक पढिएको


२५ कात्तिक/अर्थ र व्यापार– ४२ करोड लागतको दरौंदी–गोरखा बृहत पम्पिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । 

खानेपानी मन्त्रालय अन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङले उक्त आयोजनाको भौतिक प्रगति करिब ९८ प्रतिशत पूरा भएको जनाएको छ । 

आयोजना प्रमुख देवेन्द्रकुमार झाले निर्माण पूरा भएपछि करिब साढे २४ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुने बताए ।

आयोजनाले गोरखा नगरपालिकाको ३  देखि ९ नम्बर वडासम्मका जनतालाई खानेपानी पु¥याउन आयोजना निर्माण थालिएको हो । 

दरौंदी खोलाको पानी गोरखा बजारमा पु¥याउन पाँच तहसम्म पानी लिफ्टिङ गरी गोरखा बजार दरबारसम्म पानी पु¥याइएको आयोजना कार्यालयले जनाएको छ । 

गोरखा नगरपालिका क्षेत्रमा ४ हजार ८ सय ५३ निजी धाराहरु जडान भइसकेका छन् । 
आयोजना प्रमुख झाले केही स्थानीयले विद्युतको काममा अवरोध गरेकाले केही समय ढिला भएपनि आयोजनाको काम पुस मसान्तभित्र सकिने बताए ।

पानी प्रशोधन गर्ने प्लान्टमा पानी शुद्धीकरण गर्न फिल्टर मिडिया (ग्रेड अनुसारको गिटी बालुवा) राख्ने र फिनिसिङको काम मात्र बाँकी रहेको उनले बताए ।

झाले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पानी शुद्धीकरण गरेर आम उपभोक्तालाई वितरण गरिने बताए ।

गोरखा बजारका आम उपभोक्तालाई सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले सन् २०१६ मा खानेपानीको सर्भे गरिएको थियो । आयोजना निर्माणका लागि २०७४ असार २७ गते ठेक्का सम्झौता भएको थियो ।

आयोजना कार्यालयका अनुसार ३४.८७ किलोमिटर मुख्य पाइपलाइन तथा ९९.३ किलोमिटर वितरण लाइन र ७ वटा रिजर्भवायर ट्यांकीमार्फत खानेपानी वितरण हुने जानकारी दिए ।    
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।