logo

चित्लाङ–थानकोट २२ किलोमिटर गणेशमान मार्गको स्तरोन्नति शुरु

    1820   पटक पढिएको


२ कात्तिक/अर्थर व्यापार– चित्लाङ–थानकोट २२ किलोमिटर गणेशमान मार्गको स्तरोन्नतिको काम शुरु भएको छ ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ को थानकोट र मकवानपुरको थाहा नगरपालिका–९  जोड्ने साढे २२ किलोमिटर लामो गणेशमान मार्गको स्तरोन्नति गर्न संघीय सरकारले १३ करोड रुपैंयाँ उपलब्ध गराएको हो ।

आगामी वर्षको वैशाखसम्ममा सम्पन्न निर्माण सम्पन्न हुनेगरी स्तरोन्नतीको काम भईरहेको थानकोट–चित्लाङ–गणेशमान मार्ग सरोकार समितिका अध्यक्ष एवं वाग्मती प्रदेशसभा सदस्य रमा आलेमगरले बताईन । 

चन्द्रागिरि–४ र ७ मा हाल चार किलोमिटर क्षेत्रमा चट्टान फोरेर सडकलाई फराकिलो गर्ने काम भइरहेको छ । भने सडकमा ढल निर्माणका साथै ग्राभेल हाल्ने काम पनि भईरहेको छ ।

प्रदेशसभा सदस्य आलेमगरले दोस्रो चरणमा उक्त सडकलाई कालोपत्र र ढलमा स्ल्याब निर्माण गर्ने कार्यका लागि वाग्मती प्रदेश सरकारले छुट्टै बजेट उपलब्ध गराउने बताइन् । 

चित्लाङदेखि कुन्छालसम्म जोड्ने करीब १० किलोमिटर सडकलाई पनि फराकिलो बनाउँदै कालोपत्र गर्ने काम पनि धामाधम भइरहेको छ । केही साताभित्रै कुन्छाल देखि चित्लाङसम्मको सडकखण्डमा साना सवारी साधन सञ्चालनमा ल्याउने तयारी भइरहेको मगरले उल्लेख जानकारी दिईन ।

थाहा नगरपालिकाका नगरप्रमुख लवशेर विष्टले चित्लाङ–थानकोट सडकको स्तरोन्नति गरिएपछि मकवानपुरको दामन, पालुङ र हेटौंडाबाट मौसमी तरकारी, फलफूल, खाद्यान्न, इन्धन र औषधिलगायत सामग्री ढुवानी गर्न सहज हुने बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।