logo

चित्लाङ–थानकोट २२ किलोमिटर गणेशमान मार्गको स्तरोन्नति शुरु

    1943   पटक पढिएको


२ कात्तिक/अर्थर व्यापार– चित्लाङ–थानकोट २२ किलोमिटर गणेशमान मार्गको स्तरोन्नतिको काम शुरु भएको छ ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ को थानकोट र मकवानपुरको थाहा नगरपालिका–९  जोड्ने साढे २२ किलोमिटर लामो गणेशमान मार्गको स्तरोन्नति गर्न संघीय सरकारले १३ करोड रुपैंयाँ उपलब्ध गराएको हो ।

आगामी वर्षको वैशाखसम्ममा सम्पन्न निर्माण सम्पन्न हुनेगरी स्तरोन्नतीको काम भईरहेको थानकोट–चित्लाङ–गणेशमान मार्ग सरोकार समितिका अध्यक्ष एवं वाग्मती प्रदेशसभा सदस्य रमा आलेमगरले बताईन । 

चन्द्रागिरि–४ र ७ मा हाल चार किलोमिटर क्षेत्रमा चट्टान फोरेर सडकलाई फराकिलो गर्ने काम भइरहेको छ । भने सडकमा ढल निर्माणका साथै ग्राभेल हाल्ने काम पनि भईरहेको छ ।

प्रदेशसभा सदस्य आलेमगरले दोस्रो चरणमा उक्त सडकलाई कालोपत्र र ढलमा स्ल्याब निर्माण गर्ने कार्यका लागि वाग्मती प्रदेश सरकारले छुट्टै बजेट उपलब्ध गराउने बताइन् । 

चित्लाङदेखि कुन्छालसम्म जोड्ने करीब १० किलोमिटर सडकलाई पनि फराकिलो बनाउँदै कालोपत्र गर्ने काम पनि धामाधम भइरहेको छ । केही साताभित्रै कुन्छाल देखि चित्लाङसम्मको सडकखण्डमा साना सवारी साधन सञ्चालनमा ल्याउने तयारी भइरहेको मगरले उल्लेख जानकारी दिईन ।

थाहा नगरपालिकाका नगरप्रमुख लवशेर विष्टले चित्लाङ–थानकोट सडकको स्तरोन्नति गरिएपछि मकवानपुरको दामन, पालुङ र हेटौंडाबाट मौसमी तरकारी, फलफूल, खाद्यान्न, इन्धन र औषधिलगायत सामग्री ढुवानी गर्न सहज हुने बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।