logo

अबदेखी सवारी लाइसेन्स घरमै उपलब्ध हुने, इ–टोकन सिस्टम लागु हुँदै

    1336   पटक पढिएको


१६ कात्तिक/अर्थ र व्यापार– वागमती प्रदेश सरकारले हुलाक सेवा विभागसँगको सहकार्यमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) अबदेखी सेवाग्राहीको घरमै उपलब्ध गराउने भएको छ । 

वागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सहसचिव नवीनकुमार सिंहका अनुसार दुई साताभित्रै सेवाग्राहीको घरमै लाईसेन्स उपलब्ध हुने बताए । 

चारवटै लाइसेन्स कार्यालयका प्रमुख र हुलाक सेवा विभागका प्रमुखबीच कात्तिक ६ गतेको बैठकले द्धिपक्षीय सम्झौता (एमओयु) गर्ने तयारी भएको हो । 

हुलाकले न्यूनतम शुल्कमा उपत्यकाभित्र ५० रुपैयाँ र मोफसलमा १०० रुपैयाँ लाग्ने अनुमान गरिएको छ । तर एमओयुपछि मात्रै कति शुल्क लाग्ने भन्ने निर्धारण हुनेछ । शुल्क सेवाग्राही आफैले तिर्नुपर्ने छ । 

हुलाकले लाइसेन्स यातायात कार्यालयहरुले उपलब्ध गराएको सम्पर्क नम्बर र ठेगानाका आधारमा घरमै लाईसेन्स उपलब्ध गराउने छ । 

सहसचिव सिंहले परीक्षणका रूपमा काठमाडौं उपत्यकामा लागु गर्न लागिएको र प्रभावकारी भए बाहिर पनि सेवा विस्तार गरिने बताए ।

यस्तै, प्रदेश सरकारले यातायात कार्यालयहरुलाइ डिजिटल बनाउन इ–टोकन सिस्टम पनि लागु गर्ने तयारी गरेको छ । 

इ–टोकन सिस्टम लागु भएपछि सेवाग्राहीले आफुलाई अनुकुल हुने दिनका लागी टोकन बुकिङ गर्न सक्छ । टोकन बुक भएपछि कार्यालय पुग्ने दिन र समय तोकेर म्यासेज जान्छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।