logo

महासंघको वरिष्ठ उपाध्यक्ष सर्वसम्मतले चयन गर्न छलफल सुरु

    1600   पटक पढिएको


१९ कात्तिक/अर्थ र व्यापार– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष सर्वसम्मतले चयन गर्नका लागी छलफल अघि बढाइएको छ । 

वर्तमान उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकाल दुबै पक्षले सर्वसम्मत चयनका लागि छलफल अघि बढाएको हो ।

मंगलबार सर्वसम्मतले वरिष्ठ उपाध्यक्ष चयन गराउनका लागि दुई पक्षबीच अनौपचारिक छलफल भएको थियो। भने आज बुधबार पनि प्रधान र ढकाललाई छलफल गराउने तयारी गरिएको छ ।

वरिष्ठ उपाध्यक्षका दुवै प्रत्यासीले सर्वसम्मतिका लागि तयार रहेको बताए पनि उम्मेद्वारी फिर्ता लिन भने तयार छैनन् ।

वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्र ढकालले महासंघ सबैको साझा संस्था भएको भन्दै सर्वसम्मत नेतृत्व आउनु धेरै राम्रो कुरा भएको बताएका छन् । तर आफ्नो समुह बलियो भएको भन्दै ढकालले प्रधानले उम्मेद्वारी फिर्ता लिनुपर्ने बताएका छन् ।

वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी किशोर प्रधानले पनि उस्तै प्रतिक्रिया दिएका छन् । प्रधानले उमेरमा पनि आफु जेठो भएको भन्दै ढकाललाई छाडिदिन आग्रह गरेका छन् । 

यसअघि शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षमा नै पराजय बेहोरेका प्रधानलाई भावी अध्यक्ष शेखर गोल्छाको साथ छ । तर शेखर गोल्छा समेत सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन हुनुपर्ने पक्षमा रहेका छन् । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने वैधानिक व्यवस्था अनुसार गोल्छा महासंघको अध्यक्ष हुँदैछन् ।

महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दैछन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र शौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी भिड्ने भएका छन् ।

महासंघको ५४औं वाषिर्क साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।