logo

महासंघको वरिष्ठ उपाध्यक्ष सर्वसम्मतले चयन गर्न छलफल सुरु

    1737   पटक पढिएको


१९ कात्तिक/अर्थ र व्यापार– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष सर्वसम्मतले चयन गर्नका लागी छलफल अघि बढाइएको छ । 

वर्तमान उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकाल दुबै पक्षले सर्वसम्मत चयनका लागि छलफल अघि बढाएको हो ।

मंगलबार सर्वसम्मतले वरिष्ठ उपाध्यक्ष चयन गराउनका लागि दुई पक्षबीच अनौपचारिक छलफल भएको थियो। भने आज बुधबार पनि प्रधान र ढकाललाई छलफल गराउने तयारी गरिएको छ ।

वरिष्ठ उपाध्यक्षका दुवै प्रत्यासीले सर्वसम्मतिका लागि तयार रहेको बताए पनि उम्मेद्वारी फिर्ता लिन भने तयार छैनन् ।

वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्र ढकालले महासंघ सबैको साझा संस्था भएको भन्दै सर्वसम्मत नेतृत्व आउनु धेरै राम्रो कुरा भएको बताएका छन् । तर आफ्नो समुह बलियो भएको भन्दै ढकालले प्रधानले उम्मेद्वारी फिर्ता लिनुपर्ने बताएका छन् ।

वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी किशोर प्रधानले पनि उस्तै प्रतिक्रिया दिएका छन् । प्रधानले उमेरमा पनि आफु जेठो भएको भन्दै ढकाललाई छाडिदिन आग्रह गरेका छन् । 

यसअघि शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षमा नै पराजय बेहोरेका प्रधानलाई भावी अध्यक्ष शेखर गोल्छाको साथ छ । तर शेखर गोल्छा समेत सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन हुनुपर्ने पक्षमा रहेका छन् । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने वैधानिक व्यवस्था अनुसार गोल्छा महासंघको अध्यक्ष हुँदैछन् ।

महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दैछन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र शौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी भिड्ने भएका छन् ।

महासंघको ५४औं वाषिर्क साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।