logo

व्यापार प्रवद्र्धनको लागी बनाईएको सूचना पोर्टलको काम ९५ प्रतिशत सकियो

    1404   पटक पढिएको


२१ कात्तिक/अर्थ र व्यापार- सरकारले व्यापार प्रवद्र्धन तथा सहजीकरणको लागी बनाएको सूचना पोर्टलको काम ९५ प्रतिशत सकिएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले गत वर्षनै सफ्ट लन्च गरेको एकद्धार सुचना पोर्टल अब केही समय भित्रै पूणर् रुपमा लन्च गर्ने तयारी गरेको छ । 

नेपाल ट्रेड पोर्टल डट जीओभी इन्टरनेट ठेगानामा गत वर्षदेखीनै केन्द्रले एकद्वार सूचना केन्द्रको सुरुआत गरेको थियो ।

केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणाले सबै नयाँ तथ्याङ्क र विवरणसहितको सूचना पोर्टलको निर्माण भइसकेकोे बताए ।

केन्द्रका निर्देशक राणाले स्वदेशमा उत्पादीत वस्तुको अन्तर्राष्ट्रिय बजार तथा विदेशमा उत्पादित वस्तुको नेपालमा व्यापार गर्न चाहिने सबै सूचना उक्त प्रणालीमा समेटिएको जानकारी दिए ।

मुस्ताङमा स्याउ फलाउने किसान र उनको स्याउको गुणस्तरबारे सम्पूणर् विवरण पोर्टल मार्फत क्यानडाको स्याउ आयातकर्ताले जान्न सक्ने राणाले बताए ।

यस्तै नेपालमा कुन वस्तु कस्ले आयात गर्छ, नेपालबाट कुन-कुन वस्तु कुन-कुन मुलुकमा निर्यात हुन्छ भन्ने जानकारी पनि एकीकृत विन्डोमा समावेश गरिएको छ ।

कुनै पनि मुलुकबाट आयात व्यावसाय गर्ने व्यापारी, वस्तु उत्पादन गर्ने कृषक तथा उद्योग लगायतको सम्पूणर् विवरणसहितको प्रोफाइल पनि उक्त पोर्टलमा समावेश गरीएको छ ।

सरकारले निशुल्क उपलब्ध गराएको उक्त प्लेटर्फमको प्रयोग गर्ने उद्योगी, व्यवसायीहरुको  सहभागिता उल्लेख्य हुन नसकेको केन्द्रले जनाएको छ । निर्माणाधीन

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।