logo

कोरोना महामारीका कारण वीरगंज नाकाबाट सवारी साधन र इन्धनको आयात घट्यो 

    1733   पटक पढिएको


१४ कात्तिक/अर्थ र व्यापार– चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगंज नाकाबाट सवारी साधन र इन्धनको आयातमा ४८ प्रतिशतले गिरावट आएको छ ।

कोरोना महामारीका कारण गत आर्थिक बर्षको पहिलो ३ महिनाको तुलनामा चालु आर्थिक बर्षको ३ महिनामा सवारी साधन र इन्धनको आयातमा उल्लेख्य कमी आएको वीरगंज भन्सार कार्यालयले जनाएको छ । 

गत आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब २ करोड मूल्यबराबरका २ हजार ९ सय २२ वटा जीप, कार र भ्यान भित्रिएका थिए । तर चालु आर्थिक बर्षमा कोरोना संक्रमणका तीन महिनामा १ अर्ब ७१ करोड मूल्य बराबरका १ हजार ५ सय १० वटा जीप, कार र भ्यान भित्रिएका छन् ।

चालु आर्थिक बर्षको पहिलो ३ महिनामा मोटरसाइकल आयातमा समेत ३७ प्रतिशतले गिरावट आएको छ । चालु आर्थिक वर्षको तीन महिनामा १ अर्ब ८ करोड मूल्यका २१ हजार ५० वटा मोटरसाइकल आयात भएका छन् । गत वर्षको सोही अवधिमा २ अर्ब ७४ करोडका ३३ हजार ४ सय २२ वटा मोटरसाइकल भित्रिएका थिए ।

वीरगंज भन्सार कार्यालयका प्रवक्ता विमलकुमार साहका अनुसार पीकअप गाडी, ट्रक, बस, मिनीबस, अटोरिक्सा टेम्पो, ट्रयाक्टर, डम्परलगायतका सबैखालका साधनको आयातमा कमि आएको बताए । 

कोरोना महामारीका कारण चालु आर्थिक बर्षको ३ महिनामा यातायात सेवा, हवाइ सेवा लामो समय बन्द हुँदा इन्धनको आयातमा समेत उल्लेख्य गिरावट आएको छ । 

गत आर्थिक वर्षको पहिलो ३ महिनामा ४२ हजार ६ किलोलिटर हवाई इन्धन आयात भएकोमा चालु आर्थिक बर्षको ३ महिनामा ११ हजार २३६ किलोलिटर हवाई इन्धन आयात भएको छ । 

चालु आर्थिक बर्षमा पेट्रोल आयातमा २५ प्रतिशतले गिरावट आएको छ । चालु आर्थिक बर्षको तीन महिनामा ३ अर्ब ११ करोड १४ लाख २९ हजार मूल्य बराबरको ६९ हजार ३ सय ९६ किलोलिटर पेट्रोल आयात भएको छ । 

गत आर्थिक बर्षको ३ महिनामा ५ अर्ब ४५ करोड १९ लाख ६६ हजार मूल्य बराबरको ९२ हजार २ सय १२ किलोलिटर पेट्रोल आयात भएको थियो ।

चालु आर्थिक बर्षको तीन महिनाको अवधिमा ४ अर्ब ९२ करोड ७५ लाख ५५ हजार मूल्य बराबरको १ लाख ५ हजार ७ सय ६८ किलोलिटर डिजेल आयात भएको छ । सोही अवधिमा गत वर्ष ११ अर्ब २७ करोड २५ लाख १० हजार मूल्य बराबरको १ लाख ७३ हजार २० किलोलिटर डिजल आयात भएको थियो ।

चालु आर्थिक बर्षको पहिलो ३ महिनामा एलपिजी ग्याँसको आयातमा पनि १५ प्रतिशतले कमी आएको छ । चालु आवको तीन महिनामा ३ अर्ब २३ करोड ८६ लाख ६६ हजार मूल्य बराबरको ५ करोड ६० लाख ७८ हजार ८ सय केजी ग्यास आयात भएको छ ।

गत आवको सोही अवधिमा ३ अर्ब ९८ करोड १९ लाख ४८ हजार मूल्य बराबरको ६ करोड ६३ लाख ६ हजार २ सय ९० किलो ग्यास आयात भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।