logo

तामाकोशी–काठमाडौं ४०० केभी प्रसारण लाइनको निर्माण प्रक्रिया सुरु

    1939   पटक पढिएको


२७ असोज/अर्थ र व्यापार– तामाकोशी-काठमाडौं ४०० केभी प्रसारण लाइनको निर्माण प्रक्रिया सुरु भएको छ । 
खिम्ती–ढल्केबर २२० केभी प्रसारणलाइनको वैकल्पिक लाइनको रुपमा तामाकोशी–काठमाडौं ४०० केभी प्रसारण लाइनको निर्माण प्रक्रिया सुरु भएको हो । 

जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी-न्यु खिम्ती, २२० र तामाकोशी-काठमाडौं ४०० केभी प्रसारणलाइन आयोजनाको लागि दोलखा जिल्लामा पर्ने तीन वटा स्थानीय तहका ३६६ जना स्थानीयको जग्गा अधिग्रहणका लागि मंगलबार सार्वजनिक सूचना प्रकाशित गरेको छ ।  

तामाकोशी काठमाडौं प्रसारणलाइन आयोजनाका निर्देशक रमन शर्माले दोलखा, रामेछाप र सिन्धुपाल्चोकमा निर्माणाधिन आयोजनाको २ हजार मेगावाट भन्दा बढी विद्युत काठमाडौं ल्याउने उदेश्य प्रसारणलाइन निर्माण गर्न लागिएको जानकारी दिए ।

अब न्यु खिम्ती-काठमाडौं प्रसारणलाइन बनेपछी खिम्ती ढल्केबर २२० केभी प्रसारण लाइनमा समस्या आएपनि विद्युत प्रवाह गर्न सकिने शर्माले बताए ।

आयोजनाले प्रसारणलाइन आयोजनामा पर्ने स्थानीयको जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले आफ्नो जग्गाको भोगचलनको प्रमाण खुल्ने कागजपत्र सहित आयोजनाको प्रधान कार्यालय खरिपाटी भक्तपुर वा साइट कार्यालय चरिकोट दोलखामा निवेदन दिन आग्रह गरेको छ ।

आयोजनाको निर्माण पछि माथिल्लो तामाकोशी, मध्य भोटेकोशी सहित निजी क्षेत्रका दर्जनौ आयोजनाको करिब २ हजार मेगावाट विद्युत सहजै काठमाडौ ल्याउन सकिने छ । 

एसियाली विकास बैंकको सहुलियत ऋण र अनुदान सहयोग सहित नेपाल सरकारको लगानी रहेको आयोजना २०२१ को अक्टोबर सम्ममा निर्माण सक्ने लक्ष्यका साथ काम भइरहेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।