logo

कोभिड प्रभावित उद्योग व्यवसायलक्षित ५० अर्ब राहत कोषको कार्यविधि स्वीकृत

पर्यटन क्षेत्र पहिलो प्रथामिकतामा

    1530   पटक पढिएको



४ मंसिर/अर्थ र व्यापार– राष्ट्र बैंकले निर्माण गरेको कोभिड प्रभावित उद्योग व्यवसायलक्षित ५० अर्ब रुपैयाँको राहत कोषको कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भएको छ । 

अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाहकार प्रकाश कुमार श्रेष्ठले कोभिड प्रभावित उद्योग व्यवसायलक्षित कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको बताए । 

सरकारले बजेटमा सरकारको लगानी रहेका संस्थानहरु, वैदेशिक सहायता र सरकारले समेत हालेर ५० अर्बको जोहो गर्ने उल्लेख गरेको छ । सरकारले स्रोत व्यवस्थापनका लागि सञ्चय कोष, नागरिक लगानी कोष लगायतका वित्तीयरुपमा सबल संस्थाहरुसँग छलफल सुरु गरिसकेको छ ।

कोभिड–१९ का कारण आर्थिक अवस्था कमजोर भएका उद्योग धन्दा कलकारखानाहरुलाई ऋण उपलब्ध गराउने जनाइएको छ । 

यस्तै, कोभिड–१९ बाट प्रभावित उद्योग तथा व्यवसायमा कार्यरत श्रमिकलाई पारिश्रमिक दिनका लागि पनि सरकारले ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ ।

ऋण लिनका लागी उद्योगी व्यवसायीले आफ्नो कामदारको संख्या आवश्यक पर्ने पारिश्रमिक खुलाएर बैंकमा निवेदन दिनुपर्नेछ । 

कार्यविधिमा कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रलाई पहिलो प्रथामिकता राखिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।