logo

१२ औं राष्ट्रिय जनगणना २०७८ जेठ २५ देखि

    1682   पटक पढिएको


२४ कात्तिक/अर्थ र व्यापार– ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं राष्ट्रिय जनगणना आगामी वर्ष २०७८ जेठ २५ देखि असार ८ सम्म हुने भएको छ । 

केन्द्रिय तथ्यांक विभागले सोमबार एक कार्यक्रम गर्दै ७० लाख घरपरिवारमा पुगेर जनगणना गर्ने जानकारी दिएको हो । 

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले मुलुक संघीयतामा गएपछिको पहिलो जनगणना भएकाले विश्वसनीय तथ्यांक तयार गर्नका लागी गणकले प्रत्येक घरधुरीमा गएर तथ्यांक संकलन गरिने बताए । 

महानिर्देशक श्रेष्ठले केही दिनमै गणक कर्मचारी छनोटका लागि विज्ञापन खुलाउने भन्दै केही महिनाको तालिम दिएर जनगणनाका लागि तयार पारिने बताए ।  

यसपटक प्रत्येक घरधुरीको आर्थिक विवरण, कृषि र पशुपक्षी गणना पनि लिइने छ । गणनाका लागि फारम छपाइ भइसकेको पनि विभागले जनाएको छ । 

१२ औं राष्ट्रिय जनगणनाका लागि विभागले ८० वटा प्रश्न तयार गरेको छ । घरपरिवार तथा लगतसम्बन्धी २५ वटा प्रश्न सोधिने भएको छ । मुल प्रश्नावलीमा विभिन्न ५५ वटा प्रश्न सोधिने भएको छ । यो पटक वडाको आर्थिक क्षमताको समेत खोजी गरिँदै छ । 

महानिर्देशक श्रेष्ठका अनुसार वडामा राजस्व संकलनको स्रोत, कृषि उपज, तथा गैरकृषि उत्पादन र निकासीको अवस्था, वडाको आम्दानीको स्रोत, आर्थिक पूर्वाधारको अवस्था, सेवा–सुविधाको पहुँच, विपदसम्बन्धी विवरण समेत संकलन गरिने भएको छ ।

राष्ट्रिय जनगणना २०६८ को वृद्धिदरलाई आधार मानेर गरिएको अनुमानमा अहिले ७० लाख परिवारमा ३ करोड १ लाख ४२ हजार २ सय ६६ जनसंख्या रहेको छ ।

विभागले जनगणनाका लागि केन्द्र प्रदेश र स्थानीय तहसम्म समन्वय गर्ने तयारी छ । साथै, प्रदेश जनगणना कार्यालय स्थापना गर्ने समेत तयारी गरेको छ ।

जनगणनाका दौरान देशभर ४३ हजार गणक घरघरमा पुगेर तथ्यांक संकलन गर्ने भएको छन् । उनीहरुको समन्वयका लागि ९ हजार सुपरीवेक्षक कर्मचारी खटाउन लागिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।