logo

महासंघको एसोसिएट्स तर्फको केन्द्रिय सदस्यमा भिड्दै सेयरबजारका खेलाडी पौडेल

    1533   पटक पढिएको


१९ कात्तिक/अर्थ र व्यापार– सेयरबजारका ठुला लगानीकर्ता अम्बिका प्रसाद पौडेलले नेपाल उद्योग बाणिज्य महासंघमा एसोसिएट्स तर्फबाट केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका छन् । 

पौडेलले आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल समुहबाट केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका हुन् । 

पौडेलले उद्योगी तथा व्यवसायीहरुको बाहुल्यता रहेको महासंघमा मुद्रा तथा पूंजीबजारको पनि प्रतिनिधित्व हुनुपर्छ भन्ने उदेश्यले आफुले उम्मेद्वारी दिएको बताए । 

महासंघका धेरै उद्योगी तथा व्यवसायीहरुको लगानीको थलो सेयरबजार भएपनि सेयरबजारबारे कुरा गर्ने थलोको रुपमा महासंघ बन्न नसकेको बताउदै बिभिन्न बिषय उठानका लागि आफुले महासंघ र सेयरबजारमा पुलको काम गर्ने उनले बताए । 

नेपाल इन्भेष्टर्स फोरमको अध्यक्ष समेत रहिसकेका पौडेल बिगत २५ बर्षदेखि सेयरबजारसँग प्रत्यक्ष रुपमा जोडिएका छन् । 

निजामति कर्मचारीका रुपमा काम गरेको अनुभव समेत रहेका पौडेललाई नियामकिय निकाय तथा सरकारसंग निती तथा कार्यक्रम तर्जुमा गर्नलाई पुलको काम गर्न सक्ने व्यक्तिको रुपमा समेत लिइन्छ । 

पौडेल चन्द्रागिरी हिल्सका प्रालिका संचालक समेत हुन् । पौडेलसँग बिभिन्न बैक तथा वित्तीय संस्थाको संचालक तथा जिम्मेवार पदमा रहेर काम गरेको अनुभव छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।