logo

नेपालकै ठूलो ४०० केभी ढल्केबर सबस्टेसन सञ्चालनमा

    1629   पटक पढिएको


२७ कात्तिक/अर्थ र व्यापार– नेपालकै सबैभन्दा ठूलो क्षमता (४००/२२० केभी) को ढल्केबर सबस्टेसन पूर्ण क्षमतामा सञ्चालनमा आएको छ ।

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अगाडी सारेका महत्वाकांक्षी योजना ढल्केबर सबस्टेसन पूर्ण क्षमतामा सञ्चालनमा आएको हो ।

घिसिङको कार्यकालमै निर्माण सम्पन्न हुने उक्त सवस्टेसन कोरोना महामारीका कारण प्रभावित बनेको थियो।

नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारको लगानीमा नेपाली प्राविधिकबाटै निर्माण भएको जीआईएस प्रविधि जडित ४०० केभी क्षमताको नेपालको एक मात्र सबस्टेसन हो ।

विद्युत प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले सबस्टेशनमा केहि दिनअघि एउटा ट्रान्सफर्मरलाई नोलोडमा चार्ज गरिएको थियो । अहिले भारततर्फको काम पनि सम्पन्न भएपछि तीनवटै ट्रान्सफर्मर चार्ज गरिएको जानकारी दिए।

२०६८ सालमा १३२/३३/११ केभी प्रसारणलाइन निर्माण गर्दै ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइन विकास सुरु गरिएको थियो । उक्त ठाउँमा पछि २२०/१३२ केभी क्षमताको सवस्टेसन निर्माण गरिएको थियो । 

२२० केभी सवस्टेसन निर्माणमा ढिलाई भएपछि निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले ठेक्का रद्ध गरेर नयाँ ठेक्केदार मार्फत काम सम्पन्न गरेका थिए । 

सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीनवटा ट्रान्सफर्मर जडान गरिएका छन् । कूल ९४५ एमभीए क्षमताको सवस्टेसनबाट नेपाल–भारतबीच १२ सय मेगावाटसम्म गुणस्तरीय विद्युत आदान प्रदान गर्न सकिने छ ।

ढल्केबरमा ४००/२२० केभी सवस्टेसन निर्माण गरेसँगै ढल्केबर हव सवस्टेसन १९ बिगाह क्षेत्रफलमा फैलिएको छ । ढल्केबरमा ४००/२२० केभी, २२०/१३२ केभी र १३२/३३ र ११ केभीका सवस्टेसन निर्माण गरिएको छ । 

यस सवस्टेसनबाट माथिल्लो तामाकोशी, अरुण तेस्रो लगायतका आयोजनाको विद्युत भारत निर्यात गर्ने योजना रहेको छ ।

सबस्टेशन पूर्ण क्षमतामा संचालनमा आएसँगै नेपाल–भारतबीच आयात निर्यात हुने र विद्युत चुहावटसमेत घट्न गई विद्युत सस्तो र भरपर्दो हुने  प्राधिकरणको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।