logo

नेपालकै ठूलो ४०० केभी ढल्केबर सबस्टेसन सञ्चालनमा

    1801   पटक पढिएको


२७ कात्तिक/अर्थ र व्यापार– नेपालकै सबैभन्दा ठूलो क्षमता (४००/२२० केभी) को ढल्केबर सबस्टेसन पूर्ण क्षमतामा सञ्चालनमा आएको छ ।

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अगाडी सारेका महत्वाकांक्षी योजना ढल्केबर सबस्टेसन पूर्ण क्षमतामा सञ्चालनमा आएको हो ।

घिसिङको कार्यकालमै निर्माण सम्पन्न हुने उक्त सवस्टेसन कोरोना महामारीका कारण प्रभावित बनेको थियो।

नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारको लगानीमा नेपाली प्राविधिकबाटै निर्माण भएको जीआईएस प्रविधि जडित ४०० केभी क्षमताको नेपालको एक मात्र सबस्टेसन हो ।

विद्युत प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले सबस्टेशनमा केहि दिनअघि एउटा ट्रान्सफर्मरलाई नोलोडमा चार्ज गरिएको थियो । अहिले भारततर्फको काम पनि सम्पन्न भएपछि तीनवटै ट्रान्सफर्मर चार्ज गरिएको जानकारी दिए।

२०६८ सालमा १३२/३३/११ केभी प्रसारणलाइन निर्माण गर्दै ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइन विकास सुरु गरिएको थियो । उक्त ठाउँमा पछि २२०/१३२ केभी क्षमताको सवस्टेसन निर्माण गरिएको थियो । 

२२० केभी सवस्टेसन निर्माणमा ढिलाई भएपछि निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले ठेक्का रद्ध गरेर नयाँ ठेक्केदार मार्फत काम सम्पन्न गरेका थिए । 

सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीनवटा ट्रान्सफर्मर जडान गरिएका छन् । कूल ९४५ एमभीए क्षमताको सवस्टेसनबाट नेपाल–भारतबीच १२ सय मेगावाटसम्म गुणस्तरीय विद्युत आदान प्रदान गर्न सकिने छ ।

ढल्केबरमा ४००/२२० केभी सवस्टेसन निर्माण गरेसँगै ढल्केबर हव सवस्टेसन १९ बिगाह क्षेत्रफलमा फैलिएको छ । ढल्केबरमा ४००/२२० केभी, २२०/१३२ केभी र १३२/३३ र ११ केभीका सवस्टेसन निर्माण गरिएको छ । 

यस सवस्टेसनबाट माथिल्लो तामाकोशी, अरुण तेस्रो लगायतका आयोजनाको विद्युत भारत निर्यात गर्ने योजना रहेको छ ।

सबस्टेशन पूर्ण क्षमतामा संचालनमा आएसँगै नेपाल–भारतबीच आयात निर्यात हुने र विद्युत चुहावटसमेत घट्न गई विद्युत सस्तो र भरपर्दो हुने  प्राधिकरणको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।