logo

पोखरामा मुलुककै दोस्रो ठूलो पेट्रोलियम भण्डारणको शिलान्यास

    1603   पटक पढिएको


२७ कात्तिक/अर्थ र व्यापार– पोखराको गगनगौंडामा अमलेखगञ्ज पछि मुलुककै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृह निर्माण सुरु भएको छ । 

बिहिबार उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले निगमको गण्डकी प्रदेश प्रादेशिक कार्यालय पोखरा गगनगौंडामा बन्ने एक करोड लिटर क्षमताको भण्डारण गृहको शिलान्यास गरेको हो ।

पोखरा महानगरपालिका वडा नम्बर २९ र ३० मा रहेको साविककै डिपोलाई सुदृढ गरेर नयाँ भण्डाण गृह निर्माण थालिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।

हरेक प्रदेशमा ९० दिनका लागि इन्धन भण्डारण क्षमताको डिपो निर्माण गर्ने सरकारको नीतिअनुसार पहिलो परियोजनाको रुपमा पोखरामा भण्डारण गृह निर्माण थालिएको पौडेलको भनाई छ । हालकै डिपो हाताको ७७ रोपनी क्षेत्रफलमा नयाँ भण्डारण गृह बन्ने निगमको भनाई छ ।

हाल प्रदेशमा सात दिनकालागि डिजेल र दुई दिनको लागि मात्रै पेट्रोलको मौज्दात हुने भण्डारण गृह छ । नयाँ भण्डारण गृह निर्माण सम्पन्न भए डिजेलको भण्डारण मागको तुलनामा एक महिना र पेट्रोलको खपत १२ दिनलाई पुग्ने निगमले जनाएको छ ।

निगमको गण्डकी प्रादेशिक कार्यालय डिपोका अनुसार प्रदेशमा हरेक दिन तीन लाख ३ लाख २५ हजार लिटर डिजेल र एक लाख ४२ हजार लिटर पेट्रोल बिक्री हुन्छ ।

प्रदेशमा नयाँ भण्डारण गृह निर्माणका लागि दुई अर्ब खर्च गरेर जग्गा खरिद गर्न प्रदेश सरकारले थालेको प्रक्रिया रोकेर निगमले यो परियोजना अघि बढाएको जनाएको छ । 

पुरानै जमिनमा भण्डार गृह बनाउने निर्णयबाट सरकारको दुई अर्व रूपैयाँ जोगिएको निगमको भनाई छ । 

दुईवर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको परियोजनाको इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले प्राविधिक अध्ययन गरेको हो ।

भण्डारण गृहको कुल निर्माण लागत ७७ करोड नेपाली रुपैयाँ हुने बताइएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।