logo

कालोसूचीमा राख्ने बैंकको धम्कीविरुद्ध एफएनसीसीआई, ऋण तिर्ने म्याद तीन महिना सारिदिन सरकारसंग माग

    1481   पटक पढिएको

२२ पुस/अर्थ र व्यापार– नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुको ऋण तिर्ने म्याद तीन महिना सारिदिन सरकारसंग माग गरेको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छासहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटेर बैंकहरुले कालोसूचीमा राख्ने धम्की दिइरहेको भन्दै ऋण तिर्ने म्याद कम्तीमा तीन महिना सारिदिन माग गरेको हो । 

महासंघका प्रतिनिधिमण्डलले बैंकहरुले स्पष्ट कानुनी व्यवस्था हुँदा हुँदै उद्यमी व्यवसायीमाथि गरेको कडाइले निजी क्षेत्र समस्यामा परेको बताएका छन् । उनीहरुले  बैशाख यतामात्रै बैंकहरुले २८ सय व्यवसायीलाई कालोसूचीमा राखिएको समेत अर्थमन्त्रीलाई जानकारी दिए ।

महासंघका अध्यक्ष गोल्छाले बैंकहरुको रबैया यस्तै रहे ५० प्रतिशतभन्दा बढी साना मझौला उद्यम बन्दै हुने अवस्थामा पुग्ने बताए । बैंकहरुले धमाधम लिलामीको सूचना निकालेपछि महासंघको नेतृत्वलाई सरकार गुहार्न दबाब परेको थियो ।

यसअघि पर्यटन व्यवसायीहरुले एनआइसी एसिया बैकको नामै तोकेर राष्ट्र बैंकले सहुलियत दिएका पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायको लिलामीको सूचना निकालेको गुनासो गरेका थिए । 
महासंघले लकडाउन र निषेधाज्ञाका कारण लेखापरीक्षण प्रतिवेदन कर कार्यालयमा बुझाउनुपर्ने समय तीन महिना थप्न माग गरेको छ ।

महासंघले साना मझौला उद्यमीलाई यो बाहेक पनि छुट्टै रिकभरी जस्तो कर छुट, विभिन्न अन्य शुल्क मिनाहा र बजार प्रवर्द्धनलगायतको प्याकेज ल्याउन अर्थमन्त्रीसंग माग गरेको छ ।

भेटमा अर्थमन्त्री पौडेलले महासंघका तर्फबाट राखिएका सुझावहरूलाई आफूले गम्भीरतापूर्वक लिएको र प्राप्त सुझावहरुको कार्यान्वयनमा सहयोग गर्ने आश्वासन दिएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।