सरकारले शुक्रबार सार्वजनिक गरेको ‘नागरिक एप’ तीन दिनमै एक लाख ६२ हजार भन्दाबढी डाउनलोड भएको छ ।
दोलखाको वैत्येश्वर गाउँपालिकाका १, ७ र ८ नम्वर वडालाई कफी पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ ।
भोली बिहिबारदेखी काठमाडौंको होटल सोल्टि क्राउन प्लाजामा नेपाल जब फेयर–२०२१ सञ्चालन हुँदैछ ।
नेपाल राष्ट्र बैंकको सर्वेक्षणले गत जेठ–असारको तुलनामा मुलुकमा रोजगारीको दर बढेको देखाएको छ ।
सर्वोच्च अदालतले कक्षा ११ मा पुरानै पाठ्यक्रम पढाउनुपर्ने माग गर्दै परेको रिटमाथि आज सुनुवाइ गरेको छ ।
कोभिड–१९ महामारी संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनका कारण भारतबाट हुने इन्धन आयात अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले घटेको छ ।
कोभिड महामारीका कारण ब्यापार ब्यवसाय प्रभावित भएको भन्दै व्यवसायीहरुले कर तिर्ने भाका थप गर्न गरेको मागलाई सरकारले वेवास्ता गरेको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडले बंगलादेशबाट मल आयात गर्न नेपालले सबै प्रक्रिया पूरा गरे पनि मल आईपुग्ने समय अझै अनिश्चित रहेको बताएको छ।
नागरिक लगानी कोषको 'नागरिक पेन्सन योजना' मा सहभागी हुनका लागि जुनसुकै व्यवसायमा संलग्न, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था, एवम् प्रतिष्ठानमा कार्यरत श्रमिकरकर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने बताए ।
सरकारले कोभिड–१९ का कारण दर्ता नवीकरण हुन नपाएका निजी फर्म दर्ताका लागि आगामी चैत २० गतेसम्मको समयावधि थप गरेको छ ।
राष्ट्रिय व्यापार संघको १६ औं वार्षिक साधारण सभा संघका पदाधिकारी र सल्लाहकारहरुको उपस्थितिमा सम्पन्न भएको छ ।
बाढीले क्षति पु¥याएको सीमामा रहेको मितेरी पुलको पुनर्निर्माण कार्य गरिने भएपछि बढीमा २० दिन सम्मका लागि तातोपानी नाका बन्द हुने भएको छ ।
सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम अघि बढाएको छ ।
संविधानसभा सदस्य परिषद्ले संसद विघटन गैरसंवैधानिक भएको बताएको छ । संविधानका हस्ताक्षरकर्ताहरुको साझा संगठनका रुपमा रहेको संविधानसभा सदस्य परिषद्ले शुक्रबार विज्ञप्ति जारी गर्दै संसद विघटन निरंकुश र संविधानको भावना बिपरित भएको बताएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालले विकासोन्मुख मुलुकमा ग्र्याजुयट हुन हतार गर्नु नहुने बताएका छन् ।
कर्णाली प्रदेश योजना आयोगले कर्णालीमा प्रदेशस्तरीय लगानी सम्मेलन गर्नका लागि तयारी थालेको छ ।
अनलाइनमार्फत गरिने व्यापार, व्यवसायलाई कानुनी रुपमा वैधानिकता दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मस्यौदा तयार गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले कृषिमा विदेशी लगानीको सकारात्मक र नकारात्मक असरबारे अध्ययन सुरु गरेको छ ।
छिमेकी मुलुक भारतमा बर्डफ्लु देखिएको छ । भारतमा बर्डफ्लु देखिएसंगै बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि सरकारले पूर्व तयारी थालेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुको ऋण तिर्ने म्याद तीन महिना सारिदिन सरकारसंग माग गरेको छ ।
विश्व बैंकले नेपालको चालु आर्थिक बर्षमा आर्थिक बृद्धिदर ०.६ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ ।
चालू आर्थिक वर्षको पहिलो ५ महीनामा जेनेरेटरको आयातमा उल्लेख्य बृद्धी भएकोछ ।
निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कोशी करिडोरमा निर्माणाधीन नौ ओटा पुलमध्ये ७ ओटाको चालू आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न हुने भएको छ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कृषिमा ठूलो विदेशी लगानी खुला गर्ने निर्णय गरिएको बताएका छन् ।
शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको जिल्लान्तर सरूवा रोक्ने निर्णय गरेको छ ।