२८ पुस/अर्थ र व्यापार– सर्वोच्च अदालतले कक्षा ११ मा पुरानै पाठ्यक्रम पढाउनुपर्ने माग गर्दै परेको रिटमाथि आज सुनुवाइ गरेको छ ।
आज मंगलबार रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको हो । पटक–पटक पेसी सर्दै आएको रिटमा अदालतले आज आदेश दिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले रिट निवेदनबमोजिम पुरानो पाठ्यक्रम लागू नगर्न आदेश दिएको छ ।
भगवता अर्याललगायतले गत असोज २८ गते पाठ्यक्रम विकास केन्द्रलाई विपक्षी बनाई पुरानै पाठ्यक्रम पढाउनुपर्ने माग गर्दै रिट दर्ता गराएका थिए ।
तपाईको प्रतिक्रिया