२७ पुस/अर्थ र व्यापार– राष्ट्रिय व्यापार संघको १६ औं वार्षिक साधारण सभा संघका पदाधिकारी र सल्लाहकारहरुको उपस्थितिमा सम्पन्न भएको छ ।
आइतवार राजधानीमा कोरोनाको जोखिमलाई मध्यनजर गर्दै व्यापार संघका पदाधिकारी र सल्लाहकारहरुको उपस्थितिमा सम्पन्न भएको हो ।
संघका अध्यक्ष कमल अग्रवालले कार्यक्रममा सरकारी नीतिनियमहरु व्यवसायी मैत्री नभएको भन्दै उनले समयानुकुल परिमार्जन गरि व्यवसायी मैत्री गर्नुपर्नेमा जोड दिए । उनले चीनतर्फको केरुङ र तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह पनि गरे ।
कार्यक्रममा महासचिव वैकुण्ठ दहालले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
कार्यक्रममा बोल्दै संघका महासचिव दहालले कोरोना महामारी र लामो समय सम्मको बन्दाबन्दीका कारण साना तथा मझौला व्यवसायीहरु मारमा परेको भन्दै सरकारले व्यवसायी मैत्री नीतिनियमहरु बनाउनु पर्ने उनले बताए ।
तपाईको प्रतिक्रिया