६ माघ/अर्थ र व्यापार– मेचीपारिको नेपाल–भारत सीमा नाकामा पहिलोपटक नेपाल प्रहरीको अस्थायी बिट बनेको छ ।
भद्रपुर नगरपालिका–५ स्थित मेचीपारिको सीमानाकामा रू. १६ लाख ८० हजारको लागतमा पहिलोपटक प्रहरीको अस्थायी बिट निर्माया गरिएको हो । मेची नदीपारि मेचीनगर नगरपालिका–१५, भद्रपुर– ५ र ३ मा ठूलो नेपाली बस्ती रहेको छ ।
वडा प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र र भद्रपुर नगरपालिकाको सहयोगमा निर्मित प्रहरीको अस्थायी बिट भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरेका छन् ।
अस्थायी प्रहरी बिट विसं २०७७ जेठ २४ गतेबाट निर्माणकार्य शुरु भई यही माघ ५ गते निर्माण सम्पन्न भएको थियो ।
सीमा क्षेत्रमा हुने कुनै पनि किसिमको आपराधिक गतिविधिको रोकथाम तथा नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले मेचीपारि प्रहरी बिट स्थापना गरिएको नगरप्रमुख श्रेष्ठले बताए ।
तपाईको प्रतिक्रिया