२४ पुस/अर्थ र व्यापार– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालले विकासोन्मुख मुलुकमा ग्र्याजुयट हुन हतार गर्नु नहुने बताएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा स्तरोन्नति हुँदा वैदेशिक सहयोग कम पाइने भन्दै अध्यक्ष गोल्छाले नेपाल अतिकम विकसित मुलुक हुनमै लाभ रहेको धारणा व्यक्त गरेको हो।
स्तरोन्नति भईसकेपछि कर्जा तथा सहुलियत रोकिने र कमर्सियल ऋण लिएर काम गर्न नसक्ने भन्दै आम्दानीको स्तरमा उल्लेखनीय सुधार नभएसम्म स्तरोन्नति हुन नहुने महासंघको धारणा छ ।
बंगलादेशले सन् २०२४ मा ग्र्याजुयट गर्ने तयारी गरेको छ । नेपालले पनि हतार गर्नु नहुने महासंघको धारणा छ।
नेपालले सन् २०२१ मा ग्र्याजुयट हुने तयारी ५ वर्षअघिदेखि थालेको हो । हालसम्म ग्र्याजुयट हुने ३ आधारमध्ये प्रतिव्यक्ति आयबाहेक अरु मापदण्ड पूरा गरिसकेको छ ।
तपाईको प्रतिक्रिया