logo

११ प्रतिशतले घट्यो इन्धन आयात

    1503   पटक पढिएको

२८ पुस/अर्थ र व्यापार– कोभिड–१९ महामारी संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनका कारण भारतबाट हुने इन्धन आयात अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले घटेको छ ।

लकडाउनका कारण लामो समयसम्म सवारी साधन चल्न नसक्दा इन्धन खपत कम भइ आयातमा कमी भएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

निगमका अनुसार आर्थिक वर्ष २०७६/७७ मा एक खर्ब ४५ अर्ब ९८ करोड रुपैयाँ बराबरको २५ लाख ९० हजार ६ सय ९३ किलोलिटर इन्धन आयात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले कमी हो ।

आर्थिक वर्ष २०७५/७६ मा एक खर्ब ९२ अर्ब ७२ करोड रुपैयाँ बराबरको २९ लाख ३८ हजार ९ सय ३० किलोलिटर इन्धन आयात गएकोमा वार्षिक रुपमा इन्धनको खपत ८ देखि १० प्रतिशतले बढ्ने गरेकोमा यो वर्ष कोभिडको प्रभावले आयातमा कमी भएको हो ।

इन्धनको आयात घटे पनि निगमले गत वर्ष १२ अर्ब ९० करोड नाफा कमाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको, पाइपलाइनबाट तेल ल्याउँदा ढुवानी रकम बचत हुनुका साथै अघिल्ला वर्षको नाफा रकमको ब्याजबाट  निगमको नाफा बढेको हो ।

अघिल्लो वर्ष ८ अर्ब ७५ करोड नाफा कमाएको थियो । इन्धन आयात गरेर गत वर्ष सरकारलाई ६६ अर्ब ८८ करोड राजस्व बुझाएको छ । अघिल्लो वर्ष ६५ अर्ब राजस्व बुझाएको थियो ।

आव ०७६/७७ मा पेट्रोल ५ लाख १३ हजार ९ सय ८४ किलो लिटर डिजेल १४ लाख ७३ हजार किलोलिटर र मटीतेल १८ हजार २ सय ७६ किलोलिटर, हवाई इन्धन एक लाख ३६ हजार ४५६ किलोलिटर र एलपी ग्यास ४ लाख ४८ हजार ५ सय ५० टन आयात भएको छ । 

आर्थिक वर्ष २०७४/७५ मा एक खर्ब ५४ अर्ब ७९ करोड रुपैयाँ बराबरको २६ लाख ७० हजार ८ सय ८६ किलोलिटर आयात भएको थियो । 

निगमका अनुसार सामान्य अवस्थामा मासिक पेट्रोल ५५ हजार किलोलिटर र डिजेल एक लाख ५५ हजार किलोलिटर र एलपीजी ग्याँस मासिक ३० देखि ४० हजार टनसम्म खपत हुने गर्छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।