logo

नवीकरण छुटेका निजी फर्म दर्ताका लागि चैत २० सम्मको समयावधि 

    2406   पटक पढिएको

२७ पुस/अर्थ र व्यापार– सरकारले कोभिड–१९ का कारण दर्ता नवीकरण हुन नपाएका निजी फर्म दर्ताका लागि आगामी चैत २० गतेसम्मको समयावधि थप गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राइभेट फर्म रजिस्ट्रेशन (तेह्रौं संशोधन) नियमावली २०७७ मा संशोधन गर्दै आगामी चैत २० सम्मका लागि समयावधि थप गरेको हो ।

निजीक्षेत्रले गतवर्ष चैत ११ देखि कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी गरिएको बन्दाबन्दीका कारण फर्म नवीकरण गर्न नपाएको भन्दै सरकारसँग समय थपको माग गरेको थियो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईंले नवीकरण छुटेका फर्महरूलाई विना कुनै विलम्ब शुल्क तथा जरीवाना नवीकरण गर्न मन्त्रालयले विभागलाई निर्देशन दिईसकेको जानकारी दिए । 

यसैबीच सरकारले २०४२ सालयता नवीकरण छुटेका निजी फर्महरूका लागि कारण देखाई निश्चित जरीवाना तिराएर नवीकरणका लागि आवेदन गर्ने बाटो समेत खोलेको छ ।

प्रवक्ता सेढाईंले २०४२ मा विभागमा ५ लाख निजी फर्म दर्ता भएकोमा तीमध्ये आधाभन्दा कम फर्महरूले मात्रै नवीकरण गरेको बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।