logo

एमबीबीएसको शुल्क वृद्धि गर्ने आयोगको सिफारिस खारेज गर्न डा. केसीको माग 

    1569   पटक पढिएको

११ माघ/अर्थ र व्यापार– डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगले एमबीबीएसको शुल्क बढाउन गरेको सिफारिस तत्काल खारेज गर्न आग्रह गरेको छ ।

डा. केसीद्धारा जारी विज्ञप्तिमा कोभिड महामारीका कारण विद्यार्थी र अभिभावकहरुको आर्थिक स्थिति दयनीय भएको अवस्थामा शुल्क बढाउनु अकल्पनीय भन्दै कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।

चिकित्सा शिक्षा आयोगले शैक्षिकसत्र २०७७÷०७८ मा एमबीबीएस कार्यक्रमका लागि ४० लाख २३ हजार २ सय ५० रुपैयाँबाट ८ लाख शुल्क वृद्धी गरी ४८ लाख रुपैयाँ सिफारिस गरेको थियो ।

डा. केसीले तत्काल शुल्क बढाउने सिफारिस खारेज गरेर गत वर्षसरह वा सोभन्दा कम कायम गर्न डा. केसीले सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएका छन् ।

डा. केसीद्धारा जारी विज्ञप्तिमा चिकित्सा शिक्षा ऐनमा आगामी आठ वर्षभित्र देशका सबै मेडिकल कलेज गैर–नाफामुलक हुनुपर्ने उल्लेख भएको भन्दै शुल्क घटाउँदै जानुपर्नेमा बढाउनु आपत्तीजनक रहेको बताएका छन् ।

विज्ञप्तिमा डा. केसीले विगतमा आफू र सरकारबीच भएको सम्झौता बमोजिम चिकित्सा शिक्षा ऐनमा संशोधनको काम अघि बढाउन पनि माग गरेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।