logo

किसानसम्बद्ध १८ संघ संस्थाद्धारा कृषिमा विदेशी लगानी खुला गर्ने निर्णय फिर्ता लिन आग्रह

    1819   पटक पढिएको

९ माघ/अर्थ र व्यापार– किसानसम्बद्ध १८ वटा संघ संस्थाले कृषिमा विदेशी लगानी खुला गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ ।

कृषिमा विदेशी लगानी भित्र्याउने नीति संविधानको धारा ३६ मा व्यवस्था गरिएको खाद्य सम्प्रभुताको व्यवस्था प्रतिकूल भएको भन्दै सरकारले तत्काल निर्णय फिर्ता नलिए सशक्त आन्दोलन गर्ने बताएको छ ।

किसानसम्बद्ध १८ वटा संघ संस्थाद्धारा जारी संयुक्त विज्ञप्तिमा नेपालजस्तो सानो मुलुकमा कृषिका प्राथमिक उत्पादनहरुमा ठूला विदेशी कम्पनीहरु प्रवेश गरेमा निर्वाहमुखी, साना तथा मझौला मात्र नभई धनी तथा व्यावसायिक किसानहरुसमेत प्रतिस्पर्धामा उत्रन नसक्ने उल्लेख छ ।

साथै कृषिमा प्रत्यक्ष विदेशी लगानी भित्रिएमा नेपाली किसानहरु तथा समग्र कृषि क्षेत्र नै निश्चित ध्वस्त हुने अवस्था आउने विज्ञप्तिमा उल्लेख छ ।

जारी विज्ञप्तिमा कृषि विकास रणनीति (एडीएस ) मा कृषिका प्राथमिक उत्पादनहरुमा प्रत्यक्ष विदेशी लगानीलाई निषेध गरिएको भन्दै त्यसको विपरीत षडयन्त्रमूलक तरिकाले नयाँ ऐनमार्फत कृषि क्षेत्रमा विदेशी लगानी ल्याउने निर्णय भएको बताएका छन् ।

बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकी नेपाली किसानहरुले कृषि पेशा नै छाड्नुपर्ने तथा सबै विकल्पहरु अन्त्य भएपछि आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था निम्त्याउने पनि संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।