२८ पुस/अर्थ र व्यापार– कोभिड महामारीका कारण ब्यापार ब्यवसाय प्रभावित भएको भन्दै व्यवसायीहरुले कर तिर्ने भाका थप गर्न गरेको मागलाई सरकारले वेवास्ता गरेको छ ।
कर बुझाउन दुई दिन मात्र बाँकी हुँदा आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७७÷७८ को कारोबारको अनुमानित करको विवरण र त्यो विवरण अनुसार तिर्नु पर्ने आयकरको पहिलो किस्ता बुझाउन निर्देशन दिएको हो।
यसअघि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट्दै कर तिर्ने समयसिमा सारिदिन माग गरेका थिए ।
कोभिड महामारीका कारण सरकारलाई बुझाउनुपर्ने अनुमानित करको ४० प्रतिशत बुझाउन गाह्रो हुने भएकाले यसको समय थप गरिदिन व्यवसायीहरुले माग गरेका थिए ।
विभागले पुस मसान्तभित्र कर बुझाउन निर्देशन दिएको छ । निर्देशन अनुसार कर नशुझाए आयकर ऐन अनुसार शुल्क र ब्याज लाग्ने विभागले बताएको छ ।
तपाईको प्रतिक्रिया