६ माघ/अर्थ र व्यापार– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बागमती प्रदेशको कार्यकारी समितिको दोस्रो बैठकले समिती गठन गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्ष दिलसुन्दर श्रेष्ठको सभापतित्वमा शुक्रबार हेटौंडामा सम्पन्न भएको कार्यकारी समितिको दोस्रो बैठकले समिती गठन गरेको हो ।
बैठकले अध्यक्षबाट विधानत मनोनयन हुने कार्यकारी समितिमा पाँच जना व्यक्तिहरुलाई सदस्य पदमा मनोनयन गरेको छ ।
यस्तै, प्रदेश सचिवालय हाललाई मकवानपुर उद्योग वाणिज्य संघको सचिवालयमा राख्ने निर्णय पनि बैठकले गरेको छ ।
दिर्घकालिन सचिवालय व्यवस्थापनको लागि महासंघ बाग्मती प्रदेशका कार्यकारिणी समिति सदस्य जीवनकाजी माकजु श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
बैठकले बागमती प्रदेश सचिवालय निर्माण सम्बन्धमा हेटौंडा उपमहानगरपालिकाले व्यवस्था गरिदिने २ कट्ठा जग्गामा भवन निर्माण कार्यलाई अगाडी बढाउने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया