logo

कृषिमा विदेशी लगानी बारे औपचारिक धारणा बनाउँदै एफएनसीसीआई

    1742   पटक पढिएको

२३ पुस/अर्थ र व्यापार– नेपाल उद्योग वाणिज्य महासंघले कृषिमा विदेशी लगानीको सकारात्मक र नकारात्मक असरबारे अध्ययन सुरु गरेको छ ।

महासंघले कृषिमा विदेशी लगानीको सकारात्मक र नकारात्मक असरको अध्ययन गरी औपचारिक धारणा बनाउनको लागी बुधबार कृषिमा आधारित उद्योगीहरुलाई बोलाएर छलफल गरेको हो ।

महासंघले डेरी उद्योग संघ, नेपाल डेरी एशोसियसन केन्द्रिय दुग्ध सहकारी संघ र केन्द्रिय पशुपालन संघलाई बोलाएर छलफल गरेको छलफलमा ४ वटै संघले कृषिमा विदेशी लगानी आवश्यक नभएको बताएका थिए । 

छलफलमा उद्योगीहरुले नेपाली कृषकको लागत नै धेरै भएकाले कृषिको कच्चा पदार्थ महँगो हुने गरेको बताएका छन् ।

डेरी उद्योग संघका निवर्तमान अध्यक्ष अरनिको राजभण्डारीले सरकारले २ वर्ष अघि पास गरेको कानुन मन्त्रिपरिषदले बिना छलफल परिवर्तन गरेको भन्दै कानुनविदहरुसँग छलफल गरी सर्वोच्च अदालत जाने तयारी गरेको बताए ।

राजभण्डारीले सुरुमा राष्ट्रिय सभामा समेत यो विषयलाई प्रवेश गराउने बताए । उनले स्वदेशी उद्योगीलाई धरासायी बनाउने उदेश्यले सरकारले विदेशी लगानी खुला गरेको बताए ।

महासंघले भने विभिन्न पक्षहरु सँग छलफल र थप अध्ययन गरी औपचारिक धारणा बनाउने तयारी गरेको छ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।