logo

निर्जीवन बीमाको प्रिमियम बढाएर न्यूनतम सीमा तोकिएकोमा महासंघको आपत्ति

निर्जीवन बिमाको प्रिमियम बढाएर न्यूनतम सीमा तोकिएको सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । बिमा समितिले गत ६ असोजमा सबै निर्जीवन बीमा कम्पनीकालागि जारी गरेको गैर शुल्क बिमा व्यवसायका लागि न्यूनतम प्रिमियद दरसम्बन्धी परिपत्रबाट निर्जीवन बिमाको प्रिमियम वृद्धि गरी न्यूनतम सीमा तोकेको थियो । सो कार्यको महासंघले आपत्ति जनाउँदै विरोध गरेको हो ।

२०७८ कार्तिक ११

चालु आवको तीन महिनामा ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख रुपैयाँको वैदेशिक व्यापार 

चालू आर्थिक वर्ष २०७८ / ७९ को वितेका तीन महिना साउनदेखि असोजमसान्तसम्ममा मुलुकको वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले बृद्धि भएको छ । गत आवको पहिलो त्रैमासिकमा तीन खर्ब २३ अर्ब ३१ करोड ५९ लाख ५३ हजार रुपैयाँ रहेकामा चालू आवको सोही अवधीमा ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

२०७८ कार्तिक ११

निर्जीवन बीमा कम्पनीले तीन महिनामै उठाए ९ अर्ब ६९ करोड रुपैयाँ प्रिमियम 

कोरोना महामारिको कहर विस्तारै कमहुँदै मुलुकको आर्थिक गतिविधी चलायमान भएसँगै  निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०७८÷०८९ को वितेका तीन महिनामै ९ अर्ब ६९ करोड रुपैयाँ प्रिमियम उठाएका छन ।  चालु आवको पहिलो त्रैमासमा हाल सञ्चालित विभिन्न २० वटा निर्जीवन बीमा कम्पनीले गत साउन, भदौ र असोज मसान्तसम्ममा कूल ९ अर्ब ६९ करोड रुपैयाँ बराबरको बीमाशुल्क तथा प्रिमियम संकलन गरेका हुन् ।

२०७८ कार्तिक ९

अर्थमन्त्री र बेलायती राजदूतबीच पूर्वाधार निर्माणबारे छलफल 

अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोल्लिटबीच छलफल भएको छ। अर्थ मन्त्रालयमा भएको सो छलफलमा द्धिपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असर बारे छलफल भएको छ ।  

२०७८ कार्तिक ८

बेमौसमी वर्षाको प्रभाव : ५ अर्बको धानबालीमा क्षति, सबैभन्दा धेरै नोक्सान बर्दियामा

विगत केही दिन यता परेको बेमौसमी वर्षा र बाडीका कारण मुलुकभरको धानखेतीमा गरि करिब ५ अर्ब रुपैयाँ बराबरको धानबाली क्षति भएको छ । कृृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको प्रारम्भिक अध्ययन अनुसार अहिलेसम्म करित्र साढे ४ अर्ब रुपैयाँको धानबाली र ३२ करोड रुपैयाँ बढीको नगदेवालीमा क्षेति पुगेको हो ।

२०७८ कार्तिक ५

दुग्ध विकास संस्थानका महाप्रवन्धकलाई कार्यालय प्रवेशमा रोक

भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै पूर्ण सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारी व्यवस्थापन विरुद्ध आन्दोलित भएका छन् ।  नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको अगुवाइमा सुरु भएको आन्दोलनले महाप्रबन्धक रुद्रप्रसाद पौडेल र निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई तीन दिनदेखि कार्यालय प्रवेशमा रोक लगाएको छ ।

२०७८ कार्तिक ५

निर्माणमैत्री कानून बनाउने मन्त्री झाँक्रीको प्रतिवद्धता

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भौतिक पूर्वाधारको विकासमा सहयोग पुग्ने कानून निर्माणका लागि सार्वजनिक खरिद ऐन र निर्माण व्यवसायी ऐन समय सापेक्ष रूपमा पुर्नलेखन हुनुपर्ने बताएकी छिन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री झाँक्रीले यस्तो बताएकी हुन ।

२०७८ कार्तिक ५

लगानी बोर्डद्धारा दुई जलविद्युत् परियोजना निर्माण गर्न ७३ अर्ब रुपैयाँको लगानी स्वीकृत

लगानी बोर्डको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको छ । बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बोर्डको बैठकले सो निर्णय गरेको हो । 

२०७८ असोज २४

दशैंका लागि काठमाडौं भित्राइयो खसीबोका, शनिबारदेखि बिक्री

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५ सय ३१ खसीबोका काठमाडौं भित्राएको छ । बिहीबार तीनवटा ट्रकमा काठमाडौंका लागि दाङ र हेटौंडाबाट हिँडाइएको खसीबोका बिहान ३ बजे आइपुगेको कम्पनीका नायव प्रबन्ध निर्देशक श्रीमणिराज खनालले जानकारी दिए । दाङबाट २२९ र हेटौंडाबाट ३०२ वटा खसीबोका काठमाडौं आइपुगेको उनले बताए ।

२०७८ असोज २२

एमसिसी सम्झौता कार्यान्वयन गर्न निजी क्षेत्रका तीनवटा संस्थाको अपिल

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयन गर्नुपर्ने पक्षमा निजी क्षेत्रका तीनवटा संस्था उभिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले मुलुकको आर्थिक विकासका लागि एमसिसी चाहिने भन्दै यस्तो अपिल गरेका हुन् ।

२०७८ असोज २०

सरकारले दियो विभिन्न ९ शीर्षकमा कर छुट

सरकारले विभिन्न ९ शीर्षकमा कर छुट दिने भएको छ । आर्थिक ऐन, २०७८ अनुसार आन्तरिक राजश्व विभागले छुट तथा सहुलियत प्रदान गरेको छ । त्यसमा विशेष गरी कोरोनाबाट प्रभावित भएका कारोबारमा समेत छुट सहुलियत प्रदान गरिएको छ । वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार वा २ लाखसम्म आय भई आयकर ऐन, २०५८ को दफा ४ को उपदफा ४ बमोजिम कर लाग्ने करदातालाई आय वर्ष २०७७/७८ मा लाग्ने करमा ९० प्रतिशतसम्म छुट दिइएको छ ।

२०७८ असोज २०

हामीले दीर्घकालिन सोचकासाथ नीति ल्याएका छौं, तत्काल सेयर कर्जाको ४ र १२ करोडको सीमा परिमार्जन हुँदैन : राष्ट्र बैंक 

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाइएको ४ करोड र १२ करोड रुपैयाँको सीमा परिमार्जन नहुने स्पष्ट पारेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/ ७९ को मौद्रिक नीतिमार्फत सेयर धितो राखेर पुनः सेयर खरिदमै गरिने लगानीको लागि एकल ग्राहक कर्जा (एकाघर परिवार) सीमा एउटा बैंकबाट बढीमा ४ करोड र समग्रमा १२ करोड रुपैयाँको सीमा तोकेको थियो ।

२०७८ असोज १९

भन्सार छुटले फलामे छडको मूल्य प्रतिकेजी ४ रुपैयाँले घट्यो : नेपाल फलामे छड उत्पादक संघ

नेपाल फलामे छड उत्पादक संघले स्पंज आईरनमा बजेटमार्फत दिएको छुटले फलामे छडको मूल्य प्रतिकिलो ४ रुपैयाँसम्मले घट्ने बताएको छ । संघले एक विज्ञप्ति जारी गर्दै बजेटबाट स्पंज आइरनमा भएको भंसार छूट तथा स्थानिय फलामे उत्पादनमा अन्तशुल्क नलाग्ने व्यवस्थाले नेपालमा उत्पादित फलामे छडको लागत प्रतिकेजी ४ रुपैयाँले घट्ने बताएको हो ।

२०७८ असोज १७

नेपाल महिला चेम्बरको सक्रियतामा कमलपोखरीमा दशैं तिहार व्यापार मेला 

काठमाडौंको कमलपोखरी स्थित सिटी सेन्टरमा नेपाल महिला चेम्बरको सक्रियतामा दशैं तिहार व्यापार मेला शुरु भएको छ । नेपालमा उत्पादित अर्गानिक कृषि उत्पादन तथा अन्य उपभोग्य वस्तुहरुको प्रवद्र्धनका लागि व्यापार मेला शुरु भएको हो ।

२०७८ असोज १४

रोकिएको कोरोना बिमा भुक्तानीबारे अर्थमन्त्रालयले थाल्यो छलफल 

मन्त्री शर्माले बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीहरूलाई बोलाएर कोरोना बिमा भुक्तानीका लागि आवश्यक पर्ने स्रोतसाधन र उपायका विषयमा छलफल गरेका हुन् । यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई उनले निर्देशन दिए ।

२०७८ असोज १४

अर्थमन्त्री समक्ष एमाले सांसदको प्रश्न : कालोधनलाई सेतो पार्ने कहाँको क्रान्तिकारी हो ?

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद परशुराम मेघी गुरुङले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालो धनलाई सेतो बनाउने प्रावधान राखिएको भन्दै विरोध गरेका छन् । सोमबार राष्ट्रिय सभामा समय लिएर बोल्दै गुरुङले प्रतिस्थापन विधेयकको धारा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, सेवा प्रदायकले पछिल्लो तीन वर्षको आयकर फागुनभित्र बुझाउँदा तीन वर्ष अघिको कर मिनाहा हुने प्रावधान रहेको र त्यो आपत्तिजनक रहेको बताए ।

२०७८ असोज ११

दुई महिनामा साढे २ खर्ब बढी व्यापार घाटा, साढे ८३ अर्ब राजस्व संकलन

चालू आर्थिक वर्ष २०७८ / ७९ को बितेका दुई महिनाको अवधिमा नेपालले साढे २ खर्ब बढी व्यापार घाटा बेहोरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आवको बितेका दुई महिना भदौसम्ममा २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख रूपैयाँ बराबरको व्यापार घाटा बेहोरेको हो । गत वर्षको सोही अवधिमा नेपालले १ खर्ब ५८ अर्ब ४० करोड ३२ लाख रूपैयाँ बराबरको व्यापारघाटा गरेको थियो ।

२०७८ असोज १०

बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएसँगै बोनस दर बढाउने तयारीमा बिमा कम्पनी 

बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएसँगै बिमा कम्पनीले पनि बोनस दर बढाउने तयारी गरेका छन् । पछिल्लो समय तरलता संकुचनसँगै बैंकहरूले ब्याजदर वृद्धि गरेपछि त्यसको सकारात्मक प्रभाव बिमा कम्पनीले बिमितलाई दिने बोनस दरमा पर्ने भएको हो । जसका लागि जीवन बिमा कम्पनीहरूले ब्याजदर घटबढसँग बिमा कम्पनीको प्रत्यक्ष सम्बन्ध हुने भन्दै अहिलेको वृद्धिले बोनस दरमा पनि बढाउन मद्दत गर्ने बताएका हुन् ।

२०७८ असोज १०

नेपालको ग्रिड एजेण्डामा विकास साझेदारले गरे ५ खर्ब रुपैयाँ सहयोगको प्रतिवद्धता

नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) एजेण्डामा विकास साझेदार निकायहरुले करीब ५ खर्ब रुपैयाँ बराबरको सहयोगको प्रतिवद्धता जनाएका छन् । विश्व बैंकका अनुसार ग्रिड एजेण्डामा नेपालका विकास साझेदारहरुले ४ अर्ब २० करोड अमेरिकी डलर (करीब ४ खर्ब ९६ अर्ब रुपैयाँ)सम्मको सम्भावित भविष्यको सहयोगको पहिचान गरिएको छ ।

२०७८ असोज ८

नाराबाजीकैबीच संसोधित बजेट दुवै सदनबाट पारित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीकाबीच सरकारले ल्याएको संशोधित बजेट संसद्का दुवै सदनबाट पारित भएको छ । बिहीबार पारित भएको संसोधित नयाँ बजेटलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेछिन् । त्यसपछि कार्यान्वयनमा लगिनेछ ।

२०७८ असोज ७

१५ असोजसम्म बक्यौता भुक्तानी नभए तार काट्ने प्राधिकरणको चेतावनी

नेपाल विद्युत प्राधिकरणले इन्टरनेट/केवल टीभी सेवाप्रदायकलाई आगामी  १५ असोजभित्र नयाँ व्यवस्थाअनुसारको शुल्क तिर्न तथा सम्झौता नवीकरण नगरे तार काट्ने चेतावनी दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै आगामी  १५ असोज भित्र परिमार्जित भाडा तिर्न तथा सम्झौता नवीकरण गर्न ताकेता गरेको हो ।

२०७८ असोज ७

बजेटमा राखिएको फलामे डण्डीको कर प्रकरणले अर्थमन्त्री र प्रधानमन्त्रीबीच खटपट

नेपालमै फलामे डण्डीको उत्पादन गर्न भन्दै बजेट सम्बन्धी प्रतिस्थापन विधेयकमा गरिएका व्यवस्थाले प्रधानमन्त्री र अर्थमन्त्रीबीच खटपट सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट मार्फत प्रतिस्थापन विधेयकमा स्पन्ज आइरनको आयातमा विशेष सहुलियतको व्यवस्था गरेका थिए । अर्थमन्त्रीले आर्थिक विधेयकमा गरेका व्यवस्थाले नेपालमा संचालित २४ उद्योग धराशायी हुने रोलिङ मिल संचालकहरुले बताइरहेका छन् । अर्थमन्त्री शर्माले ल्याएको प्रतिस्थापन विधेयकमा स्पन्ज आइरन कच्चा पदार्थ आयातमा भन्सार र अन्तःशुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

२०७८ असोज ७

धितोपत्र बोर्डका अध्यक्षमाथिको छानविन प्रतिवेदन सरकारलाई

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलवार सकारलाई प्रतिवेदन बुझाएको छ । अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्व न्यायाधिश अनन्तराज डुम्रेले छानविन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मासमक्ष बुझाएका हुन् ।

२०७८ असोज ५

विकास रणनीति स्पष्ट नहुँदा पूँजीगत बजेट खर्च गर्न समस्या :अर्थमन्त्री 

अर्थमन्त्री जनार्दन शर्माले विकास रणनीति स्पष्ट नभएकाले पूँजीगत बजेट खर्च गर्न चुनौती रहेको बताएका छन् । यसैगरि, उनले अर्थ मन्त्रालयले सबै अधिकार आफैंसँग राख्नाले पनि बजेट खर्चमा समस्या रहेको बताए । मंगलबार त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले आयोजना गरेको ‘सरकारको पूँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन ।

२०७८ असोज ५

‘मर्जर र एक्वीजीसनमा साढे ४ अर्ब कर छलियो, छानविन होस’

नेपाल किसान मजदुर पार्टीका सांसद प्रेम सुवालले बैंक तथा वित्तीय संस्थाहरुको मर्जर र एक्वीजीसनमा साढे ४ अर्ब रुपैयाँ कर छलि भएको र त्यसको छानविन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद सुवालले यस्तो माग गरेका हुन् ।

२०७८ असोज ४

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.