logo

लगानीयोग्य रकम नभएका बैंकसँग ५० अर्ब रुपैयाँ खराब कर्जा , सरकारी बैंकको उच्च

    1312   पटक पढिएको

२४ कात्तिक / अर्थ र व्यापार –  विभिन्न २७ वटा वाणिज्य बैंकहरुसँग ४९ अर्ब ३१ करोड ७० लाख रुपैयाँ खराब कर्जा देखिएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार विभिन्न २७ वटा वाणिज्य बैंकहरुसँग यतिधेरै रकमको खराब कर्जा देखिएको हो ।
चालु आर्थिक वर्ष २०७८/ ७९ को वितेका तीन महिना असोज मसान्तसम्मको तथ्यांक अनुसार यि वाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढी खराब कर्जा सरकारी लगानी रहेको बैंकका बैंकहरुको नै देखिएको छ । जसमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकको खराब कर्जा बढी देखिएको छ ।
संघले उपलब्ध गराएको तथ्यांक अनुसार अहिले सबैभन्दा बढी खराब कर्जा राष्ट्रिय वाणिज्य बैंकसँग देखिएको छ । राष्ट्रिय वाणिज्य बैंकसँग कुल ६ अर्ब २१ करोड ९१ लाख ८३ हजार रुपैयाँ खराब कर्जा रहेको छ ।
कुल २ खर्ब ६ अर्ब ६१ करोड ७३ लाख ८८ हजार रुपैयाँ कर्जा लगानी रहेको सो बैंकसँग ३.०१ प्रतिशत खराब कर्जा रहेको छ । यसैगरि, कृषि विकास बैंक बैंकको पनि २.०८ प्रतिशत खराब कर्जा देखिएको छ । कुल १ खर्ब ७६ अर्ब १५ करोड १ लाख ४४ हजार रुपैयाँ रहेको बैंकको ३ अर्ब ४७ करोड ६७ लाख खराब कर्जा देखिएको छ ।
सरकारी लगानी नै रहेको नेपाल बैंकको खराब कर्जा पनि अन्य बैंकहरुको तुलनामा बढी नै देखिएको छ । २ प्रतिशत खराब कर्जा रहेको नेपाल बैंकको कुल १ खर्ब ५४ अर्ब ८७ करोड ४५ लाख ४९ हजार रुपैयाँ कर्जा लगानी रहेको बैंकको खराब कर्जा ३ अर्ब ९ करोड ७४ लाख रुपैयाँ छ ।
त्यसैगरि, नेपाल इन्भेष्मेन्ट बैंकको खराव कर्जा पनि अन्यको तुलनामा बढी नै छ । यस बैंकको कुल कर्जा १ खर्ब ६८ अर्ब ८३ करोड ५८ लाख ८७ हजारमध्ये ३ अर्ब ८३ करोड २५ लाख रुपैयाँ खराब कर्जा छ ।
२७ वटै वाणिज्य बैंकहरुमा सबैभन्दा कम खराब कर्जा भने एभरेष्ट बैंकको देखिएको छ । कुल १ खर्ब ४४ अर्ब ३७ करोड ५६ लाख ९७ हजार रुपैयाँ कर्जा लगानी रहेको यस बैंकको खराब कर्जा १८ करोड ७६ लाख रुपैयाँ छ । बैंकको ०.१३ प्रतिशत मात्रै खराब कर्जा छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कुल ३९ खर्ब ७९ अर्ब ४० करोड ४९ लाख ५२ हजार रुपैयाँ कर्जा लगानी रहेका बैंकको औसत खराब कर्जा १.२१ प्रतिशत छ ।
विभिन्न ८ वटा बैंकहरुसँग लगानी गर्ने पैसा नै छैन । ८ वटा वाणिज्य बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका हुन् । 
नेपाल राष्ट्र बैंकले कर्जा–निक्षेप (सीडी) अनुपातको व्यवस्था गरेपछि ८ वटा वाणिज्य बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका हुन् । नेपाल राष्ट्र बैंकले बैंकहरुको सीडी रेसियो ९० प्रतिशत हुनु पर्ने व्यवस्था गरेको छ । तर, ८ वाणिज्य बैंकहरुको सीडी रेसियो ९० प्रतिशतको सीमा नाघेको छ ।
संघका अनुसार सीडी रेसियो बढी हुने बैंकहरूमा सबैभन्दा अघि नेपाल इन्भेष्टमेन्ट बैंक छ । यो बैंकको सीडी रेसियो ९० प्रतिशत नाघेर पनि ९५.३७ प्रतिशत पुगेको छ । असोज मसान्तसम्मको तथ्यांक अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको सीडी रेसियो नेपाल राष्ट्र बैंकले तोकेको भन्दा ५.३७ प्रतिशतले बढी देखिएको हो ।
यसैगरि, कर्जा लगानी नगर्न सक्ने अवस्थामा नेपाल एसविआई बैंक पनि देखिएको छ । नेपाल एसबिआई बैंकको सीडी रेसियो ९५.०८ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकले तोकेको सीमा उल्लंघन गर्ने बैंकहरुमा हिमालयन बैंक (९३.५४) कुमारी बैंक (९२.१३) एनएमबी बैंक (९१.२७), मेगा बैंक (९१.२१), बैंक अफ काठमाण्डु (९०.४८) र प्राइम कमर्सियल बैंक ९९०.२५० रहेका छन् । यी बैंकहरु थप कर्जा प्रवाह गर्नै नसक्ने अवस्थामा पुगेका हुन् । यस्तै, एनसीसी बैंक पनि ८९.९६ प्रतिशतको सीडी रेसियोमा पुगिसकेको छ ।
नेपाल राष्ट्र बैंकले बैंकहरूलाई चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पुँजी कर्जा निक्षेप अनुपात (सीसीडी) रेसियो खारेज गरेर कर्जा निक्षेप (सीडी) रेसियो लागू गरेपछि बैंकहरूको कर्जा लगानी गर्ने क्षमता बढ्ने विश्वास लिइएको थियो । अन्तर्राष्ट्रिय रुपमा चल्दै आएको अभ्यास भन्दै राष्ट्र बैंकले सीडी रेसियोकको व्यवस्था ल्याएको थियो । 
तर, सीडी रेसियोको व्यवस्थाकै कारण बैंकहरु थप लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् भने अहिले बैंकिङ प्रणालीमा तरलताको पनि समस्या देखिएको छ । राष्ट्र बैंकले ८५ प्रतिशतसम्मको सीमा रहेको सीसीडी रेसियो खारेज गरेर ९० प्रतिशतसम्मको सीमा हुने गरी सीडी रेसियो गणना सुरु गर्न थालेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बजारमा २५ अर्ब ४६ करोड रुपैयाँ अधिक तरलता छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।