logo

लगानीयोग्य रकम नभएका बैंकसँग ५० अर्ब रुपैयाँ खराब कर्जा , सरकारी बैंकको उच्च

    752   पटक पढिएको

२४ कात्तिक / अर्थ र व्यापार –  विभिन्न २७ वटा वाणिज्य बैंकहरुसँग ४९ अर्ब ३१ करोड ७० लाख रुपैयाँ खराब कर्जा देखिएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार विभिन्न २७ वटा वाणिज्य बैंकहरुसँग यतिधेरै रकमको खराब कर्जा देखिएको हो ।
चालु आर्थिक वर्ष २०७८/ ७९ को वितेका तीन महिना असोज मसान्तसम्मको तथ्यांक अनुसार यि वाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढी खराब कर्जा सरकारी लगानी रहेको बैंकका बैंकहरुको नै देखिएको छ । जसमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकको खराब कर्जा बढी देखिएको छ ।
संघले उपलब्ध गराएको तथ्यांक अनुसार अहिले सबैभन्दा बढी खराब कर्जा राष्ट्रिय वाणिज्य बैंकसँग देखिएको छ । राष्ट्रिय वाणिज्य बैंकसँग कुल ६ अर्ब २१ करोड ९१ लाख ८३ हजार रुपैयाँ खराब कर्जा रहेको छ ।
कुल २ खर्ब ६ अर्ब ६१ करोड ७३ लाख ८८ हजार रुपैयाँ कर्जा लगानी रहेको सो बैंकसँग ३.०१ प्रतिशत खराब कर्जा रहेको छ । यसैगरि, कृषि विकास बैंक बैंकको पनि २.०८ प्रतिशत खराब कर्जा देखिएको छ । कुल १ खर्ब ७६ अर्ब १५ करोड १ लाख ४४ हजार रुपैयाँ रहेको बैंकको ३ अर्ब ४७ करोड ६७ लाख खराब कर्जा देखिएको छ ।
सरकारी लगानी नै रहेको नेपाल बैंकको खराब कर्जा पनि अन्य बैंकहरुको तुलनामा बढी नै देखिएको छ । २ प्रतिशत खराब कर्जा रहेको नेपाल बैंकको कुल १ खर्ब ५४ अर्ब ८७ करोड ४५ लाख ४९ हजार रुपैयाँ कर्जा लगानी रहेको बैंकको खराब कर्जा ३ अर्ब ९ करोड ७४ लाख रुपैयाँ छ ।
त्यसैगरि, नेपाल इन्भेष्मेन्ट बैंकको खराव कर्जा पनि अन्यको तुलनामा बढी नै छ । यस बैंकको कुल कर्जा १ खर्ब ६८ अर्ब ८३ करोड ५८ लाख ८७ हजारमध्ये ३ अर्ब ८३ करोड २५ लाख रुपैयाँ खराब कर्जा छ ।
२७ वटै वाणिज्य बैंकहरुमा सबैभन्दा कम खराब कर्जा भने एभरेष्ट बैंकको देखिएको छ । कुल १ खर्ब ४४ अर्ब ३७ करोड ५६ लाख ९७ हजार रुपैयाँ कर्जा लगानी रहेको यस बैंकको खराब कर्जा १८ करोड ७६ लाख रुपैयाँ छ । बैंकको ०.१३ प्रतिशत मात्रै खराब कर्जा छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कुल ३९ खर्ब ७९ अर्ब ४० करोड ४९ लाख ५२ हजार रुपैयाँ कर्जा लगानी रहेका बैंकको औसत खराब कर्जा १.२१ प्रतिशत छ ।
विभिन्न ८ वटा बैंकहरुसँग लगानी गर्ने पैसा नै छैन । ८ वटा वाणिज्य बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका हुन् । 
नेपाल राष्ट्र बैंकले कर्जा–निक्षेप (सीडी) अनुपातको व्यवस्था गरेपछि ८ वटा वाणिज्य बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका हुन् । नेपाल राष्ट्र बैंकले बैंकहरुको सीडी रेसियो ९० प्रतिशत हुनु पर्ने व्यवस्था गरेको छ । तर, ८ वाणिज्य बैंकहरुको सीडी रेसियो ९० प्रतिशतको सीमा नाघेको छ ।
संघका अनुसार सीडी रेसियो बढी हुने बैंकहरूमा सबैभन्दा अघि नेपाल इन्भेष्टमेन्ट बैंक छ । यो बैंकको सीडी रेसियो ९० प्रतिशत नाघेर पनि ९५.३७ प्रतिशत पुगेको छ । असोज मसान्तसम्मको तथ्यांक अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको सीडी रेसियो नेपाल राष्ट्र बैंकले तोकेको भन्दा ५.३७ प्रतिशतले बढी देखिएको हो ।
यसैगरि, कर्जा लगानी नगर्न सक्ने अवस्थामा नेपाल एसविआई बैंक पनि देखिएको छ । नेपाल एसबिआई बैंकको सीडी रेसियो ९५.०८ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकले तोकेको सीमा उल्लंघन गर्ने बैंकहरुमा हिमालयन बैंक (९३.५४) कुमारी बैंक (९२.१३) एनएमबी बैंक (९१.२७), मेगा बैंक (९१.२१), बैंक अफ काठमाण्डु (९०.४८) र प्राइम कमर्सियल बैंक ९९०.२५० रहेका छन् । यी बैंकहरु थप कर्जा प्रवाह गर्नै नसक्ने अवस्थामा पुगेका हुन् । यस्तै, एनसीसी बैंक पनि ८९.९६ प्रतिशतको सीडी रेसियोमा पुगिसकेको छ ।
नेपाल राष्ट्र बैंकले बैंकहरूलाई चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पुँजी कर्जा निक्षेप अनुपात (सीसीडी) रेसियो खारेज गरेर कर्जा निक्षेप (सीडी) रेसियो लागू गरेपछि बैंकहरूको कर्जा लगानी गर्ने क्षमता बढ्ने विश्वास लिइएको थियो । अन्तर्राष्ट्रिय रुपमा चल्दै आएको अभ्यास भन्दै राष्ट्र बैंकले सीडी रेसियोकको व्यवस्था ल्याएको थियो । 
तर, सीडी रेसियोको व्यवस्थाकै कारण बैंकहरु थप लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् भने अहिले बैंकिङ प्रणालीमा तरलताको पनि समस्या देखिएको छ । राष्ट्र बैंकले ८५ प्रतिशतसम्मको सीमा रहेको सीसीडी रेसियो खारेज गरेर ९० प्रतिशतसम्मको सीमा हुने गरी सीडी रेसियो गणना सुरु गर्न थालेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बजारमा २५ अर्ब ४६ करोड रुपैयाँ अधिक तरलता छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।