logo

निर्माण व्यवसायमैत्री ऐन जारी नभए महासंघ संघर्षमा उत्रने 

    1322   पटक पढिएको

१७ कात्तिक / अर्थ र व्यापार – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अब निर्माण व्यवसायीमैत्री ऐन नियम जारी नभए महासंघ संघर्षमा उत्रने बताएका छन । महासंघ एसोसिएट सदस्य समन्वय कार्य समितिको दशौं साधारण भेलालाई राजधानीमा सम्बोधन गर्दै महासंका केन्द्रिय अध्यक्ष सिंहले यस्तो बताएका हुन । 
व्यवसायी मैत्री ऐन नियमको अभावमा निर्माण उद्योगमा धेरै चुनौती थपिएको बताउँदै उनले सार्वजनिक खरिद ऐन संशोधनको अन्तिम प्रक्रियमा रहेको अवस्थामा त्यसलाई पूर्ण व्यवसायी मैत्री बनाउन महासंघ नेतृत्वले इमान्दार प्रयास गरिरहेको दावी गरे ।  
महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष रमेश शर्माले निर्माण उद्योगलाई मर्यादित तथा व्यवस्थित बनाउन सबैको इमान्दार प्रयास आवश्यक भएको धारणा राखे । लो बिडिङका कारण निर्माण उद्योगमा धेरै समस्या देखिएको भन्दै उनले नीतिगत रूपमै लो बिडिङ अन्त्य हुनुपर्ने बताए । 
महासंघका अर्का सल्लाहकार तथा पूर्व अध्यक्ष सुकुन्तलाल हिराचनले निर्माण उद्योगमा धेरै चुनौति देखिएको अहिलेको अवस्थामा पेशागत हक हितका लागि सबै एक हुनुपर्नेमा जोड दिए । 
महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले विभिन्न समस्यासँग जध्दै भएपनि नेपालका निर्माण व्यवसायीहरूले उत्कृष्ट काम गरिरहेको बताए । महासंघ एसोसिएट सदस्य समन्वय कार्य समितिका संयोजक समेत रहेका महासंघका उपाध्यक्ष आङदोर्जी लामा (एडी) ले महासंघको विकास विस्तारमा एसोसिएट सदस्यहरूको महत्वपूर्ण भूमिका रहेको बताए । 
महासंघका महासचिव रोशन दाहालले एसोसिएट सदस्यहरू महासंघको ‘मुटु’ भएको बताए । एसोसिएट सहसंयोजक रामजी पन्त ‘मुकेश’ ले व्यवसायीक एकता आजको आवश्यकता भएको धारणा राखे । जिल्ला निर्माण व्यवसायी संघ काभ्रेका अध्यक्ष उपेन्द्र घिसिङ, महासंघका पूर्व सल्लाहकार अमरबहादुर श्रेष्ठ सम्मान पायर आफुलाई निकै खुसी लागेको महासंघका संस्थापक सदस्य आईपी प्रधान लगायतले निर्माण व्यवसायीले भोग्नुपरेका विविध समस्या बारे जानकारि गराएका थिए । 
भेलामा एसोसिएट सचिव नवराज श्रेष्ठ तथ कोषाध्यक्ष शिव भट्टराईले आ—आफ्नो वार्षिक प्रतिवेदन पेश गरेका थिए ।  सो कार्यक्रममा नेपालको निर्माण उद्योगमा विशिष्ट योगदान दिने अग्रज एसोसिएट सदस्य निर्माण व्यवसायीलाई सम्मान गरिएको थियो । सोही भेलामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं कार्यन्वयन समितिका अध्यक्ष इन्जिनियर केशवकुमार शर्माले बोलपत्रमा लो—बिड तथा बीमा विज्ञ इन्जिनियर जगन्नाथ गौतमले निर्माण उद्योगमा बीमाका सम्बन्धमा आफ्नो प्रस्तुति राखेका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।