logo

नेपाल महिला चेम्बरको सक्रियतामा कमलपोखरीमा दशैं तिहार व्यापार मेला 

    1226   पटक पढिएको

१४ असोज / अर्थ र व्यापार – काठमाडौंको कमलपोखरी स्थित सिटी सेन्टरमा नेपाल महिला चेम्बरको सक्रियतामा दशैं तिहार व्यापार मेला शुरु भएको छ । नेपालमा उत्पादित अर्गानिक कृषि उत्पादन तथा अन्य उपभोग्य वस्तुहरुको प्रवद्र्धनका लागि व्यापार मेला शुरु भएको हो ।
दशैं र तिहारमा उपभोक्ता व्यापार मेलाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले देशमा उत्पादन वृद्धि गरी रोजगारीको अवसरको सृजना गरी आत्मनिर्भर बन्न महिला उद्यमीहरुले कर्म क्षेत्रमा लाग्नु पर्ने बताए । कोभिडको संक्रमणबाट डराएर बस्ने होइन महामारीसंगै लड्दै व्यापार व्यवसायको प्रवद्र्धन गर्दै स्थानीय उत्पादनलाई बढावा दिँदै जानुपर्ने उनले बताए ।
नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीहरुको अग्रसरतामा भएको यस प्रकारको व्यापार मेलाले महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्नुका साथै कोभिडले थला परेको अर्थतन्त्रलाई अगाडि बढाउन र साना उद्यमी व्यवसायलाई उत्थान गर्नमा यस व्यापार मेलाले सहयोग पुग्ने बताइन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।