logo

रोकिएको कोरोना बिमा भुक्तानीबारे अर्थमन्त्रालयले थाल्यो छलफल 

    1487   पटक पढिएको

१४ असोज / अर्थ र व्यापार – अर्थमन्त्री जनार्दन शर्माले विभिन्न बिमा कम्पनीहरूले भुक्तानी गर्न बाँकी कोरोना बिमाको सम्बन्धमा छलफल थालेका छन् ।  मन्त्री शर्माले बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीहरूलाई बोलाएर कोरोना बिमा भुक्तानीका लागि आवश्यक पर्ने स्रोतसाधन र उपायका विषयमा छलफल गरेका हुन् ।
यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई उनले निर्देशन दिए । अझै विभिन्न बिमा कम्पनीले बिमितलाई ११ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । हालसम्म अनुदानसहित बिमा कम्पनी, बिमा समिति, पुनर्बिमा कम्पनीको तर्फबाट संयुक्त रूपमा ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । कोरोना बिमा गर्दाको शुल्कबापत कम्पनीले जम्मा १ अर्ब ५ करोड ५ लाख रुपैयाँ उठाएका थिए । 
हालसम्म १ लाख ३७ हजार ७ सय ५४ जनाको बिमा दाबी परेको छ, तीमध्ये आधाभन्दा धेरैलाई भुक्तानी हुन बाँकी छ । कोरोना बिमा मापदण्डमा नै १ अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी बिमा कम्पनीले नै बेहोर्नुपर्ने, १ अर्बभन्दा माथि २ अर्ब रुपैयाँसम्मको रकम नेपाल पुनर्बिमा कम्पनीले, २ अर्ब रुपैयाँदेखि साढे २ अर्ब रुपैयाँसम्मको रकम बिमक कम्पनीहरूको महाविपत्ति पुलले र साढे २ देखि साढे ३ अर्ब रुपैयाँसम्म भुक्तानी बिमा समितिले बेहोर्नुपर्ने उल्लेख छ ।  
यसैगरी, साढे ३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गर्नुपरेमा सरकारले बेहोर्ने विमासम्बन्धी मापदण्डमा उल्लेख छ । कोरोना संक्रमण भई आवश्यक सबै प्रक्रिया पूरा गरी भुक्तानी दाबी गर्नेहरूलाई गत असार मसान्तअघि नै सबै रकम उपलब्ध गराइसक्नुपर्नेमा विभिन्न बिमा कम्पनीहरूले अहिलेसम्म विगत ६÷७ महिनाअघि आवेदन दिनेहरूले समेत भुक्तानी नपाएको अवस्था छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।