logo

सरकारले दियो विभिन्न ९ शीर्षकमा कर छुट

    1661   पटक पढिएको

२० असोज / अर्थ र व्यापार – सरकारले विभिन्न ९ शीर्षकमा कर छुट दिने भएको छ । आर्थिक ऐन, २०७८ अनुसार आन्तरिक राजश्व विभागले छुट तथा सहुलियत प्रदान गरेको छ । त्यसमा विशेष गरी कोरोनाबाट प्रभावित भएका कारोबारमा समेत छुट सहुलियत प्रदान गरिएको छ ।
वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार वा २ लाखसम्म आय भई आयकर ऐन, २०५८ को दफा ४ को उपदफा ४ बमोजिम कर लाग्ने करदातालाई आय वर्ष २०७७/७८ मा लाग्ने करमा ९० प्रतिशतसम्म छुट दिइएको छ । कारोबारका आधारमा कर बुझाउने वार्षिक २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई आय वर्ष २०७७/०७८ मा लाग्ने करमा समेत ७५ प्रतिशत छुट दिइएको छ ।
विभागका अनुसार १ करोड रुपैयाँसम्मको व्यवसायिक कारोबार भएका व्यक्तिलाई पनि सोही आय वर्षमा लाग्ने करामा ५० प्रतिशतसम्म छुट प्रदान गरिएको छ । होटल, ट्राभल, ट्रेकिङ, चलचित्र व्यवसाय, सञ्चार गृह, यातायात वा हवाई सेवाको १ करोड रुपैयाँ भन्दा बढी कारोबार गर्ने व्यक्तिलाई १ प्रतिशत मात्रै कर लाग्ने व्यवस्था गरिएको छ ।
त्यस्तै आय वर्ष २०७६ / ७७ र २०७७/ ७८ मा नोक्सानी भएमा १० वर्षसम्म कर कट्टी गर्न पाउने व्यवस्था गरिएको छ । करको दायरामा आउनेलाई कर शुल्क तथा व्याज मिनाहाको व्यवस्था समेत ऐनले गरेको छ । त्यसमा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, इन्जिनियर, कानून व्यवसायी, लेखापरीक्षक, लेखापढी व्यवसायी, परामर्शदाता, अभिकर्ता तथा मध्यस्तकर्ता सुेवा प्रदायक लगायतका व्यक्ति आव २०७५ / ७६देखि २०७७ / ७८ को आफनो करयोग्य आय अनुसार २०७८ सालको फागुन मसान्तभित्र बुझाई स्थायी लेखा नम्बर लिएमा त्यसमा लाग्ने शुल्क तथा व्याज मिनाहा हुने व्यवस्था गरिएको छ ।
त्यसरी कर बुझाएमा आव २०७५ / ७६ भन्दा अगाडिको आयमा ऐन अनुसार लाग्ने कर, शुल्क तथा व्याज र आर्थिक एक वर्ष २०७७÷७८ सम्मको कारोबारमा मूल्य अभिवृद्धि कर ऐन बमोजिम लाग्ने कर, थप दस्तुर तथा व्याज मिनाहा हुने व्यवस्था गरिएको छ । 
यसैगरि, विद्युत् वितरण वा प्रसारणको कारोबार गर्ने करदाताले सेवा वापत बुझाउनुपर्ने बाँकी भ्याट वा सम्बन्धित कर कार्यालयबाट जुन दिन कर निर्धारण भई बुझाउन बाँकी रहेको भ्याट र त्यसमा लाग्ने जरिवाना, थप दस्तुर वा व्याजसमेत मिनाहा हुनेछ ।
भ्याटमा दर्ता भई कारोबार गर्नुपर्ने ढुवानी सेवाको काम गर्ने करदाताले भ्याटमा दर्ता नभएका कारण दाखिला गर्नुपर्ने भ्याट दाखिला नगरेको भएपनि त्यस अवधिको कारोबारको स्वयम् घोषणा गरी सो को १३ प्रतिशत रकम २०७८ सालको पुस मसान्तसम्म बुझाएमा त्यसमा लाग्ने सबै दस्तुर, जरिवाना समेत मिनाहा हुने भएको छ । राजश्व न्यायाधीकरणमा मुद्दा परेकाले समेत मुद्दा फिर्ता लिई निर्धारित कर रकम बुझाएमा त्यसमा लाग्ने थप दस्तु, व्याज र जरिवाना समेत मिनाहा हुने व्यवस्था गरिएको आन्तरिक राजश्व कार्यालयले जनाएको छ ।
स्वास्थ्य सेवा प्रदायकको हकमा भ्याट लाग्ने वस्तु वा सेवा खरिद गर्दा तिरेको भ्याटमा मिलान हुन नसकेको बाँकी रकमको हकमा पनि कर समायोजन भएको सन्दर्भमा २०७९ सालको असार मसान्तभित्र बुझाएमा थप दस्तुर वा व्याज नलाग्ने व्यवस्था गरिएको विभागले उल्लेख गरेको छ ।
ट्राभल तथा ट्रेकिङ एजेन्सीको कारोबार गर्नेले २०७८ सालको १४ जेठसम्मको कारोबारलाई कर छुटको बिक्रीमा देखाई भ्याट संकलन वा दाखिला नगरेको भएपनि आगामी पुस मसान्तसम्म बुझाएमा त्यसमा लाग्ने सबै प्रकारको शुल्क तथा जरिवाना समेत छुट हुनेछ । उत्पत्तिको प्रमाणपत्र जारी गर्ने निकाय वा संसथाले गत १४ जेठसम्म त्यस्तो प्रमाणपत्र जारी गरे वापत बुझाउनुपर्ने बाँकी भयट वा सो मितिसम्म कर निर्धारण भई बुझाउन बाँकी रहेको भ्याट र यसमा लागको कर र व्याज तिर्नुनपर्ने व्यवस्था नयाँ आर्थिक ऐनले गरेको छ ।
गैर नाफामूलक सामुलदायिक अस्पतालवा स्वास्थ्य संस्थाको हकमा पनि स्वास्थ्य सेवा करको कर निर्धारण भई बुझाउन बाँकी भएको भए त्यसमा लाग्ने सबै विलम्ब शुल्क मिनाहा गरिएको छ । प्रशासनिक पुनरावलोकनमा रहेका मुद्दाफिर्ता लिई ५० प्रतिशत रकम आगामी मंसिर मसान्तभित्र बुझाएमा कुनै पनि जरिवाना वा थप शुल्क नलाग्ने व्यवस्था गरिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।