logo

तिहारमा झन्डै डेढ अर्बको भाईमसला आयात 

मुलुक परनिर्भरताको चरम उत्कर्षमा : काजु भियतनामबाट, बदाम अमेरिका र भारतबाट 

    1636   पटक पढिएको

२२ कात्तिक/ अर्थ र व्यापार – पछिल्लो समय मुलुकको हरेक क्षेत्रमा परनिर्भरता बढेसँगै यसपालीको तिहारमा करिब डेढ अर्ब रुपैयाँको भाईमसला आयात भएको छ । 
हिन्दु धर्म मान्ने नेपालीको दसैंपछिको दोस्रो ठुलो महानचार्ड तिहारमा दिदी–बहिनीले आफ्ना दाजुभाईलाई दिने भाईमसलाको आयात यसपाली ह्वात्तै बढेको भन्सार विभागले जनाएको छ । 
विभागको तथ्यांक अनुसार यस वर्षको तिहारमा करिब डेढ अर्ब रुयैयाँको भाईमसला आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो । विशेषगरि भाईमसलाको रुपमा प्रयोग हुने ओखर, बदाम, काजु, किसमिस, पेस्ता लगायतका ड्राइ फ्रुट्सजन्य भाइमसलाको आयात यतिधेरै भएको पाईएको हो । स्वदेशमा उत्पादन हुने यस्ता ड्राइ फ्रुट्सजन्य भाईमसलाले तिहारमा नपुग्ने भएपछि छिमेकी देस भारत , चीन लगायत तेस्रो मुलुकबाट आयात हुने गरिएको छ ।
गत वर्षको तिहारमा करिब १ अर्ब २० करोड रुपैयाँको भाईमसला आयात भएको थियो । चालु आर्थिक वर्षको वितेका साढे तीन महिना १५ कात्तिकसम्म तिहारकालागि गत वर्षको भन्दा करिब २१ प्रतिशतले बढि १ अर्ब ४७ करोड रुपैयाँको भाईमसलाजन्य बस्तुहरु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
विभागका अनुसार सो अवधीमा नरिवल, काजु, पेस्ता, बदाम, ओखर लगायत भाइमसलाजन्य बस्तुहरुमा प्रयोग हुने सामग्रीहरुको आयात यतिधेरै बढेको हो । तिहारका लागि आवश्यक पर्ने यस्ता भाइमसलाजन्य बस्तुहरु हरेक आर्थिक वर्षको पहिलो तीन महिनाभित्रै आयात भइसक्ने गरेको छ । गत वर्ष भारत र भियतनामबाट करिब ३६ करोड ७६ लाख रुपैयाँ बराबरको काजु आयात भएको थियो । यो वर्ष काजु आयातको परिमाण बढेर ३९ करोड ७१ लाख रुपैयाँ पुगेको छ । यसैगरि, बदाम गत वर्षको तुलनामा करिब ३१ प्रतिशतले बढेर करिब ३९ करोड रुपैयाँको आयात भएको छ । 
गत वर्ष बदाम २९ करोड ४१ लाख रुपैयाँ बराबरको आयात भएको थियो । हाल स्वदेशी उत्पादनले बजारको माग नधानिएपछि यस्तो चार्डपर्वको बेला नेपालमा बदाम अमेरिका र भारतबाट आयात हुने गरेको छ । यसैगरि, नेपालमा ओखर चीनबाट आयात हुने गरेको छ । गत वर्ष करिब १७ करोड रुपैयाँको ओखर आयात भएकोमा यो वर्ष करिब २० करोड रुपैयाँ बरावरको आयात भएको विभागले जनाएको छ । 
त्यसैगरि, पेस्ता यसपालिको तिहारका लागि भारतबाट ७२ लाख रुपैयाँको आयात भएको छ ।
छोकडा पाकिस्तानबाट आयात हुने गरेको छ । गत वर्ष करिब ३ करोड ३१ लाख रुपैयाँको छोकडा आयात भएकोमा यो वर्ष ३ करोड ७० लाख रुपैयाँ बराबरको आयात भएको थियो । यसैगरी गत वर्ष भारतबाट ८ करोड १० लाख रुपैयाँको किसमिस आयात भएकोमा यसपाली ११ करोड ४६ लाख रुपैयाँ बराबरको आयात भएको छ ।
हाल मुलुकमा तिहारको भाइमसला मात्र नभएर  सबै प्रकारका चाडपर्वहरु आयातले नै धानिएको छ । जसको ज्वलन्त उदाहरण भाईमसलाको आयातबाट पनि प्रमाणित भएको छ । नेपालमा सामान्य भन्दा सामान्य वस्तुहरु पनि उत्पादन गर्न नसक्दा व्यापारघाटा प्रत्येक वर्ष बढ्दै गएको छ । यसको दबाब विदेशी विनिमयको सञ्चिति र शोधान्तर स्थितिमा पर्ने गर्छ । 
परम्परागत खेति–किसानी, बढ्दो आप्रावासन तथा रेमिट्यान्स, आन्तरिक उत्पादनको कमजोर अवस्था र आयातमा आधारित राजस्व नेपाली अर्थतन्त्रको विशेषता हुन् । पुँजी, प्रविधि, कच्चा पदार्थ तथा दक्ष जनशक्तिको अभावमा नेपालमा औद्योगिकरण फस्टाउन पाएको छैन । जसका कारण अहिले नेपालीको हरेक चार्डपर्व आयातित् बस्तुहरुले नै धानिएको विभागले जनाएको छ । 
स्वदेशी उत्पादन भएका बस्तुको लागत उच्च हुने गरेकाले हाल अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको गुणस्तर र प्रतिस्पर्धात्मक क्षमता समेत कमजोर रहेको सम्बन्धीत सरोकारवालाहरुको भनाई छ । उनीहरुले आयात प्रतिस्थापन गरि स्वदेशी उत्पादनको प्रवद्र्धन र निर्यात विस्तारमा सरकारको ध्यान नपुगेकोमा निकै चिन्ता व्यक्त गरेका छन ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।