२२ कात्तिक/अर्थ र व्यापार – विशेष आर्थिक क्षेत्र (सेज)मा मदिरा र सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग खोल्न नपाइने भएको छ । सरकारले मुलुकभित्र उद्योग प्रवद्र्धनगरी निर्यात बढाउन सेजको अवधारणा ल्याएको हो ।
सेजमा उर्जामुलुक उद्योग, उत्पादनमुलक उद्योग, कृषिजन्य उत्पादन , वनपैदवारसँग सम्बन्धित उद्योग, खानी उद्योग, सूचना तथा प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योग र सेवामुलक उद्योग खोल्न सकिने प्रावधान छ । विशेष आर्थिक क्षेत्र नियमावली २०७४ मा सेजभित्र स्थापना गर्न सकिने उद्योगको सूची थियो । सो नियमावलीमा संशोधन गर्दै सरकारले अब खोल्न नसकिने सूची समेत थप गरेको हो ।
थपिएको सूची अनुसार अब सेजमा चुरोट, बिँडी, खैनी, सिगार तथा सुर्तीजन्य वस्तुको उत्पादन गर्ने उद्योग खोल्न पाइने छैन । ब्राण्डी, साइडर, वियर, वाईन तथा मदिराजन्य उत्पादन गर्ने उद्योग समेत सेजमा खोल्न अनुमति पाइने छैन । विष्फोटक पदार्थ उत्पादन गर्ने र गोलीगठ्ठा, हातहतियार तथा बारुद उत्पादनको अनुमति समेत सेजभित्र नपाइनेगरी नियमावलीले तोकेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष आर्थिक क्षेत्र नियमावलीमा पहिरो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । सरकारले निर्यात प्रवद्र्धन, व्यापार घाटा कम गर्ने, रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, विदेशी लगानी र प्रविधि भित्राउने विशेष सहुलियत दिने गरी सेजको अवधारणा ल्याएको हो ।
अझै अपेक्षाकृत रुपमा सेजमा उद्योगीहरु आकर्षित हुन सकेका छैनन् ।
सेजमा स्थापना हुने उद्योगको न्यूनतम स्थिर पुँजीसमेत दुई करोड रुपैयाँमा झारिएको छ । मन्त्रालयका अनुसार अब विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापनाका लागि अनुमति पत्र प्राप्त गर्न चाहने स्वदेशी लगानीकर्ताले कम्तीमा दुई करोड रुपैयाँ र विदेशी लगानीकर्ताले विदेशी लगानी सम्बन्धी प्रचलित कानूनमा तोकिए अनुसार पुँजी पु¥याएमा सेजमा उद्योग स्थापना गर्न सक्ने भएका छन् । यसअघि सेजमा तीन करोड रुपैयाँ स्थित पुँजी हुने उद्योग स्थापना गर्न सकिने प्रावधान रहेको थियो ।
सरकारले प्रत्येक प्रदेशमा एकएक वटा सेज स्थापना गर्ने लक्ष्य लिएको छ । जसअन्तर्गत भैरहवा सहित सिमरा, पाँचखाल, विराटनगर, कपिलवस्तु, जुम्ला, धनगढी, नुवाकोट, नेपालगञ्ज, झापा, धनुषा, सिरहा, रौतहट र गोरखामा सेज निर्माण गर्ने योजना छ ।
तपाईको प्रतिक्रिया