logo

तीन महिनामै ४ अर्ब ८ करोड रूपैयाँको ल्यापटप भित्रियो , मोबाइलको आयात अझ धेरै 

    1042   पटक पढिएको

१४ कात्तिक / अर्थ र व्यापार – चालू आर्थिक वर्ष २०७८÷७९ को बितेका तीन महिनामा ४ अर्ब ८ करोड रूपैयाँभन्दा बढीको ल्यापटप नेपाल भित्रिएको छ । गत आवको तुलनामा चालू आवको सो अवधिमा ल्यापटप तथा नोटबुकको आयात दोब्बरले वृद्धि भएको छ । 
चालू वर्षको बितेका तीन महिनामा ल्यापटपको आयात १६१ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा यो आवको सो अवधिमा ल्यापटप आयात २ अर्ब रूपैयाँभन्दा बढीको भएको भन्सार विभागले जनाएको छ । 
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको बितेका तीन महिना साउनदेखि असोज मसान्तसम्ममा ४ अर्ब ८ करोड रूपैयाँको ल्यापटप तथा नोटबुक आयात भएको छ । कोरोना महामारिको प्रभावले लामो समय विद्यालय र कलेजहरू बन्द भई अनलाइन कक्षा सञ्चालन भएका कारण पछिल्लो समय नेपाली बजारमा ल्यापटपको माग अत्यधिक बढेपछि आयात पनि ह्वात्तै बढेको हो ।  
विभागका अनुसार गत आर्थिक वर्षको यही अवधिमा जम्मा १ अर्ब ५६ करोड रूपैयाँको मात्र ल्यापटप आयात भएको थियो । मूल्यमा मात्र नभएर अहिले संख्यामा पनि ल्यापटप आयात दोब्बरले वृद्धि भएको छ । गत आवमा २९ हजार १ सय ८ थान ल्यापटप नेपाल आयात भएकोमा चालू आवको बितेका तीन महिनाको अवधिमा ७४ हजार ५ सय १० थान ल्यापटप आयात भएको छ । 
गत असोज महिनामा मात्र झन्डै १ अर्ब रूपैयाँभन्दा बढिको ल्यापटप आयात भएको छ । नेपालमा २०७६ सालको चैत महिनामा सर्वप्रथम देखिएको कोरोना भाइरस संक्रमण र त्यसयता महामारी सुरु भएसँगै ल्यापटप र मोबाइलको माग ह्वात्तै बढेको थियो । सोही बेलादेखि निरन्तर माग बढेपछि नेपाली बजारमा आयात पनि बढिरहेको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । 
विभागका अनुसार सो अवधिमा ल्यापटप र नोटबुक मात्र नभएर विभिन्न ब्रान्ड र मोडलका नयाँ मोबाइलको आयात पनि निकै बढेको छ । यो अवधिमा यस्ता सामानको आयात ५४ प्रतिशतले बढेको छ । 
विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको बितेका तीन महिनाको अवधिमा १७ अर्ब १७ करोड रूपैयाँको मोबाइल आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६ अर्ब रूपैयाँले बढी हो । गत आवमा जम्मा ११ अर्ब रूपैयाँको मात्र मोबाइल आयात भएको थियो । यस अवधिमा स्मार्ट फोनको आयात ५४ प्रतिशतले बढ्ेको विभागको तथ्यांकमा उल्लेख छ । मूल्यमा मात्र होइन, संख्यामा पनि ल्यापटप आयात दोब्बरले वृद्धि भएको विभागले जनाएको छ । 
अहिले कम्प्युटर, ल्यापटप, नोटबुकजस्ता डिभाइसहरू विद्यार्थीको पढाइ तथा अन्य कामका लागि अति आवश्यक उपकरणमा पर्छन् । हाल सरकारी तथा अन्य कार्यालयले पनि कागजी प्रक्रिया घटाएर अनलाइन वा कम्प्युटराइज्ड हिसाबले विवरणदेखि बिलिङ र भुक्तानीमा पनि डिजिटल प्रविधि अपनाउन थालिसकेका छन् । 
विद्यालय तथा कलेजमा पनि प्राविधिक विषयका साथै अन्य विषयका लागि पनि ल्यापटप र कम्प्युटर लगभग अपरिहार्य जस्तै भइसकेको छ । अहिले प्रायः सबै विषयमा व्यावहारिक अंक समावेश हुने हुनाले विद्यार्थीले प्रोजेक्ट वर्क पनि ल्यापटप वा कम्प्युटरकै सहारामा बनाउनुपर्ने हुन्छ । अझ गत वर्षदेखि कोरोनाका कारण भौतिक रूपमा काम गर्न नसकिएको र लामो समय मुलुक लकडाउ तथा निशेधाज्ञा भएपछि त ‘वर्क फ्रम होम’ तथा अनलाइन कक्षाका कारण अधिकांशले चाहेर वा नचाहेर पनि ल्यापटप, कम्प्युटर वा नसके स्मार्टफोन सम्म भए पनि जोडेर इन्टरनेट कनेक्सन लिएर आफ्नो काम र पढाइलाई अघि बढाउन बाध्य भएका थिए । सोही कारण पनि अहिले विगतका वर्षको भन्दा धेरै ल्यापटप र मोबाइल फोन आयात भएको विभागले जनाएको छ । 
भन्सार विभागले अद्यावधिक गरेको चालू आवको बितेका तीन महिनाको तथ्यांकअनुसार मुलुकको वैदेशिक व्यापारको अवस्थाबाट यस्तो देखिएको हो । यस अवधिमा सबैभन्दा धेरै ल्यापटप र स्मार्ट फोन छिमेकी मुलुक चीनबाट भित्रिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।