logo

दुग्ध विकास संस्थानका महाप्रवन्धकलाई कार्यालय प्रवेशमा रोक

    1383   पटक पढिएको

५ कात्तिक/ अर्थ र व्यापार – भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै पूर्ण सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारी व्यवस्थापन विरुद्ध आन्दोलित भएका छन् ।  नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको अगुवाइमा सुरु भएको आन्दोलनले महाप्रबन्धक रुद्रप्रसाद पौडेल र निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई तीन दिनदेखि कार्यालय प्रवेशमा रोक लगाएको छ ।
कर्मचारी संघका  महासचिव आयुव अली खानले असोज दुई गतेदेखि महाप्रबन्धक पौडेल र निमित्त महाप्रबन्धक अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाइएको जानकारी दिए ।  संस्थानको आन्तरिक लेखापरीक्षण र महालेखाको प्रतिवेदनले औंल्याएको भ्रष्टाचारमा संलग्नलाई व्यवस्थापनले जोगाउन खोजेपछि आन्दोलन गर्नु परेको आन्दोलनरत कर्मचारीहरुको भनाई छ । 
संस्थानको हित र कर्मचारीको भविष्यप्रति नेतृत्व उदासिन भएको पनि उनीहरुको दावी छ । ‘हामीसँग धेरै पटक नेतृत्वले उधारो सम्झौता गरेर आफ्नो कमजोरी ढाकछोप गर्न खोज्यो, अब निर्णायक आन्दोलन सुरु भएको छ,’ महासचिव खानले भने । संस्थानको अनियमितता लुकाउने र भ्रष्टाचारमा मुछिएकालाई कारबाही नगरेसम्म आन्दोलन नरोकिने पनि उनले जानकारि गराए । 
संस्थानका निमित्त उपमहाप्रबन्धक राजेन्ऽप्रसाद अधिकारी बालाजु दुग्ध विकास आयोजनाको प्रमुख रहँदा एक करोडभन्दा बढी रकम अनियमितता गरेको र त्यो जोगाउन महाप्रबन्धक पौडेल लागेको कर्मचारी संगठनको आरोप छ । अनियमितता आरोप लागेका व्यक्तिलाई प्रमाण नष्ट गर्न बल मिल्नेगरी महाप्रबन्धकले भूमिका खेलेको पनि संघको आरोप छ । हाल उनीहरुले कार्यालयको मूलद्वारमा पाल टांगेर आन्दोलन गरिरहेका छन् । 
कार्यालयको गेट तथा परिसरमा महाप्रबन्धक पौडेल र निमित्त उपमहाप्रबन्धक अधिकारीलाई प्रवेश निषेधको पोष्टर टाँसेका छन् । कर्मचारीको आन्दोलनका कारण आफूहरु कार्यालय जान नसकेको र अहिले बालाजु आयोजनामा गएर काम गरिररहेको डिडिसीका महाप्रबन्धक पौडेलले बताए । कर्मचारी हकहित र संस्थागत सुशासनको विषय उठाएर कर्मचारी संघ आन्दोलित भएको उनको भनाई छ । आफूले अनियमिततामा मुछिएकालाई नबचाएको भन्दै पौडेलले वार्ताबाट समस्या समाधान गर्न आन्दोलित कर्मचारीलाई पत्राचार गरेको बताए ।
दुई वर्षअघि दुग्ध विकास आयोजना बालाजुमा कर्मचारीको हेलचेक्रयाँइका कारण करोड मूल्य बराबरको धूलो दूध र मख्खनमा भएको क्षतिमा संलग्नलाई महाप्रबन्धक पौडेलले संरक्षण गरेको आरोप कर्मचारीहरुको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।