logo

चालु आवको तीन महिनामा ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख रुपैयाँको वैदेशिक व्यापार 

    1000   पटक पढिएको

११ कात्तिक/ अर्थ र व्यापार – चालू आर्थिक वर्ष २०७८ / ७९ को वितेका तीन महिना साउनदेखि असोजमसान्तसम्ममा मुलुकको वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले बृद्धि भएको छ । गत आवको पहिलो त्रैमासिकमा तीन खर्ब २३ अर्ब ३१ करोड ५९ लाख ५३ हजार रुपैयाँ रहेकामा चालू आवको सोही अवधीमा ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख ५४ हजार रुपैयाँ पुगेको छ ।
भन्सार विभागद्वारा जारी चालू आवको पहिलो त्रैमासिकको तथ्यांक अनुसार गत आवको पहिलो त्रैमासिकका तुलनामा चालू आवको सोही अवधिमा आयात ६३ दशमलव ७३ प्रतिशतले बृद्धि भई ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार रुपैयाँ पुगेको छ । 
गत आवको पहिलो तीन महिनामा दुई खर्ब ९२ अर्ब २६ करोड ९८ लाख ६० हजार रुपैयाँको आयात भएको थियो । भन्सार विभागको सोही तथ्यांक अनुसार चालू आवको तीन महिनाको वैदेशिक व्यापारमा आयात–निर्यातको अनुपात ८८.०३ : ११.९७ छ ।
यसैगरि, गत आव पहिलो त्रैमासिकका तुलनामा चालू आवको पहिलो तीन महिनाको निर्यात १०९ दशमलव ५४ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासिकमा ३१ अर्ब ४ करोड ६० लाख ९३ हजार रुपैयाँको निर्यात भएकामा चालू आवमा ६५ अर्ब ५ करोड २८ लाख ३४ हजार रुपैयाँको निर्यात भएको छ ।
चालू आवको पहिलो त्रैमासिकमा मुलुकको व्यापार घाटा ५८ दशमलव २८ प्रतिशतले बढेर ४ खर्ब १३ अर्ब ४७ करोड तीन लाख ८६ हजार रुपैयाँ  पुगेको छ । गत आवको पहिलो तीन महिनामा व्यापार घाटा २ खर्ब ६१ अर्ब २२ करोड ३७ लाख ६७ हजार रुपैयाँ  थियो । चालू आवको पहिलो तीन महिनाको कूल वैदेशिक व्यापार मध्ये निर्यातका तुलनामा आयात सात दशमलव ३६ गुणाले बढी देखिन्छ ।
विभागको तथ्यांक अनुसार तीन महिनामा २३ अर्ब ३२ करोड ४४ लाख ७१ हजार रुपैयाँ  बराबरको डिजेल आयात भएको छ । यो आयात मध्येकै सबैभन्दा बढी हो । यसैगरि, आयातमा भटमासको कच्चा तेल दोस्रोमा रहेको छ । व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुुनः निर्यात गर्दै आएका छन् । चालू आवको पहिलो तीन महिनामा करिब १३ करोड लिटर भटमासको तेल २० अर्ब ६० करोड ६० लाख ५१ हजार रुपैयाँ बराबरको निर्यात भएको विभागले जनाएको छ ।
त्यसैगरि, चालू आवको पहिलो तीन महिनामा मोबाइल टेलिफोन १७ अर्ब १७ करोड ७१ लाख ८० हजार रुपैयाँ , पाम आयल १३ अर्ब ४ करोड ५३ लाख ८६ हजार रुपैयाँ  र पेट्रोल १२ अर्ब ८६ करोड ५६ लाख ५७ हजार रुपैयाँ को आयात भएको छ ।
सो अवधीमा नेपालबाट निर्यात भएका विभिन्न बस्तुहरु मध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको विभागले जनाएको छ । विभागका अनुसार स्वदेशबाट २२ अर्ब दुई करोड ६८ लाख ५२ हजार रुपैयाँको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चापदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर भारतमा निर्यात गर्ने गरेका छन् । 
सबैभन्दा बढी निर्यात हुने वस्तुको दोस्रा नम्बरमा कच्चा पाम तेल र तेस्रोमा प्रशोधित पाम तेल छन् । सार्वजनिक विवरणानुसार चालू आवको पहिलो तीन महिनामा ८ अर्ब ४५ करोड ९८ लाख ३१ हजार रुपैयाँ को कच्चा पाम तेल र पाँच अर्ब ५ करोड ४८ लाख ९८ हजार रुपैयाँको प्रशोधित पाम तेल निर्यात भएको देखिन्छ ।
यसैगरि, चालू आवको गत तीन महिनामा लगभग दुई अर्ब २४ करोड ७६ लाख ६६ हजार रुपैयाँ  बराबरको ऊनीको गलैंँचा र झण्डै एक अर्ब ८७ करोड ५५ लाख ६९ हजार रुपैयाँ  बराबरको जुटका बुनिएका कपडा तथा अन्य कपडा निर्यात भएको विभागले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।