logo

चालु आवको तीन महिनामा ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख रुपैयाँको वैदेशिक व्यापार 

    1238   पटक पढिएको

११ कात्तिक/ अर्थ र व्यापार – चालू आर्थिक वर्ष २०७८ / ७९ को वितेका तीन महिना साउनदेखि असोजमसान्तसम्ममा मुलुकको वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले बृद्धि भएको छ । गत आवको पहिलो त्रैमासिकमा तीन खर्ब २३ अर्ब ३१ करोड ५९ लाख ५३ हजार रुपैयाँ रहेकामा चालू आवको सोही अवधीमा ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख ५४ हजार रुपैयाँ पुगेको छ ।
भन्सार विभागद्वारा जारी चालू आवको पहिलो त्रैमासिकको तथ्यांक अनुसार गत आवको पहिलो त्रैमासिकका तुलनामा चालू आवको सोही अवधिमा आयात ६३ दशमलव ७३ प्रतिशतले बृद्धि भई ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार रुपैयाँ पुगेको छ । 
गत आवको पहिलो तीन महिनामा दुई खर्ब ९२ अर्ब २६ करोड ९८ लाख ६० हजार रुपैयाँको आयात भएको थियो । भन्सार विभागको सोही तथ्यांक अनुसार चालू आवको तीन महिनाको वैदेशिक व्यापारमा आयात–निर्यातको अनुपात ८८.०३ : ११.९७ छ ।
यसैगरि, गत आव पहिलो त्रैमासिकका तुलनामा चालू आवको पहिलो तीन महिनाको निर्यात १०९ दशमलव ५४ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासिकमा ३१ अर्ब ४ करोड ६० लाख ९३ हजार रुपैयाँको निर्यात भएकामा चालू आवमा ६५ अर्ब ५ करोड २८ लाख ३४ हजार रुपैयाँको निर्यात भएको छ ।
चालू आवको पहिलो त्रैमासिकमा मुलुकको व्यापार घाटा ५८ दशमलव २८ प्रतिशतले बढेर ४ खर्ब १३ अर्ब ४७ करोड तीन लाख ८६ हजार रुपैयाँ  पुगेको छ । गत आवको पहिलो तीन महिनामा व्यापार घाटा २ खर्ब ६१ अर्ब २२ करोड ३७ लाख ६७ हजार रुपैयाँ  थियो । चालू आवको पहिलो तीन महिनाको कूल वैदेशिक व्यापार मध्ये निर्यातका तुलनामा आयात सात दशमलव ३६ गुणाले बढी देखिन्छ ।
विभागको तथ्यांक अनुसार तीन महिनामा २३ अर्ब ३२ करोड ४४ लाख ७१ हजार रुपैयाँ  बराबरको डिजेल आयात भएको छ । यो आयात मध्येकै सबैभन्दा बढी हो । यसैगरि, आयातमा भटमासको कच्चा तेल दोस्रोमा रहेको छ । व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुुनः निर्यात गर्दै आएका छन् । चालू आवको पहिलो तीन महिनामा करिब १३ करोड लिटर भटमासको तेल २० अर्ब ६० करोड ६० लाख ५१ हजार रुपैयाँ बराबरको निर्यात भएको विभागले जनाएको छ ।
त्यसैगरि, चालू आवको पहिलो तीन महिनामा मोबाइल टेलिफोन १७ अर्ब १७ करोड ७१ लाख ८० हजार रुपैयाँ , पाम आयल १३ अर्ब ४ करोड ५३ लाख ८६ हजार रुपैयाँ  र पेट्रोल १२ अर्ब ८६ करोड ५६ लाख ५७ हजार रुपैयाँ को आयात भएको छ ।
सो अवधीमा नेपालबाट निर्यात भएका विभिन्न बस्तुहरु मध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको विभागले जनाएको छ । विभागका अनुसार स्वदेशबाट २२ अर्ब दुई करोड ६८ लाख ५२ हजार रुपैयाँको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चापदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर भारतमा निर्यात गर्ने गरेका छन् । 
सबैभन्दा बढी निर्यात हुने वस्तुको दोस्रा नम्बरमा कच्चा पाम तेल र तेस्रोमा प्रशोधित पाम तेल छन् । सार्वजनिक विवरणानुसार चालू आवको पहिलो तीन महिनामा ८ अर्ब ४५ करोड ९८ लाख ३१ हजार रुपैयाँ को कच्चा पाम तेल र पाँच अर्ब ५ करोड ४८ लाख ९८ हजार रुपैयाँको प्रशोधित पाम तेल निर्यात भएको देखिन्छ ।
यसैगरि, चालू आवको गत तीन महिनामा लगभग दुई अर्ब २४ करोड ७६ लाख ६६ हजार रुपैयाँ  बराबरको ऊनीको गलैंँचा र झण्डै एक अर्ब ८७ करोड ५५ लाख ६९ हजार रुपैयाँ  बराबरको जुटका बुनिएका कपडा तथा अन्य कपडा निर्यात भएको विभागले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।