logo

निर्माणमैत्री कानुन बनाउन महासंघको आग्रह 

    942   पटक पढिएको

१४ कात्तिक / अर्थ र व्यापार – नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिमण्डले सरकारसँग हाल संसद्मा संशोधनका लागि दर्ता भएको सार्वजनिक खरिद ऐन–२०६३ र मस्यौदाको रूपमा रहेको निर्माण व्यवसाय ऐन–२०५५ लगायतका निर्माणसँग सम्बन्धित कानुनहरू निर्माण क्षेत्रमैत्री हुनेगरी संशोधन गर्न आग्रह गरेका छन् । 
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई भेटेर महासंघका प्रतिनिधि व्यवसायीले यस्तो आग्रह गरेका हुन् । महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री यादवसमक्ष निर्माण व्यवसायीहरूको समसामयिक समस्या र समाधानका सम्बन्धमा जानकारी गराएको थियो । यसैगरी, महासंघले विभागीय मन्त्रीको रूपमा यादवको सफल कार्यकालका लागि बधाईसहित शुभकामना व्यक्त गरेको जनाएको छ ।  
महासंघ प्रतिनिधिमण्डलले धरौटी रकम फिर्ता, बैंक क्रेडिट लाइनको खारेजी, बिमा शुल्क वृद्धिलगायतका विषयमा आफ्नो लिखित सुझाव मन्त्री यादवलाई बुझाएको थियो । हाल संघीय, प्रदेश र स्थानीय सरकारअन्तर्गतका निकायहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको निर्देशिकाविपरीत आफूखुसी क्राइटेरियामा निश्चित मापदण्डमा आर्थिक मिलोमतो गरी आफू अनुकूल हुनेगरी राखिएकाले यस्ता सर्तहरू तोकिने प्रथाको अन्त्य गर्नका लागि संघीय सरकारबाट तत्काल सम्बन्धित निकायलाई निर्देशन गरिनुपर्ने माग महासंघले राखेको छ । 
भेटको अवसरमा मन्त्री यादवले विकास निर्माणका कामहरू तोकिएको समयमा नै गुणस्तरीय रूपमा सम्पन्न हुनुपर्ने बताइन् । यसैगरी, उनले निर्माण उद्योगलाई समृद्ध बनाउन सम्बन्धित निकायहरू आआफ्नो कमजोरी सच्याउँदै अघि बढ्नुपर्ने बताइन् । निर्माण व्यवसायीहरूलाई काम दिइने पुरानो परिपाटीमा सुधार आवश्यक भएको मन्त्री यादवको भनाइ थियो । निर्माण क्षेत्रमा आएका समस्या समाधानका लागि सूक्ष्म अध्ययन आवश्यक भएको बताउँदै मन्त्री यादवले आफूले व्यवसायीको समस्या सम्बोधन गर्न सक्दो सहयोग गर्ने बताइन् । 
सो भेटमा महासंघका अध्यक्ष रवि सिंहसँगै सल्लाहकार गेल्जे शेर्पा, एसोसिएट उपाध्यक्ष आङदोर्जी लामा, महासचिव रोशन दाहाल, महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर, उपनिर्देशक आशित अधिकारी र जनसम्पर्क अधिकृत रामचन्द्र गिरी सहभागी भएका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।