logo

निर्जीवन बीमा कम्पनीले तीन महिनामै उठाए ९ अर्ब ६९ करोड रुपैयाँ प्रिमियम 

    1013   पटक पढिएको

९ कात्तिक / अर्थ र व्यापार – कोरोना महामारिको कहर विस्तारै कमहुँदै मुलुकको आर्थिक गतिविधी चलायमान भएसँगै  निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०७८÷०८९ को वितेका तीन महिनामै ९ अर्ब ६९ करोड रुपैयाँ प्रिमियम उठाएका छन ।  चालु आवको पहिलो त्रैमासमा हाल सञ्चालित विभिन्न २० वटा निर्जीवन बीमा कम्पनीले गत साउन, भदौ र असोज मसान्तसम्ममा कूल ९ अर्ब ६९ करोड रुपैयाँ बराबरको बीमाशुल्क तथा प्रिमियम संकलन गरेका हुन् ।
यो रकम गत आर्थिक वर्षको तुलनामा २७ दशमलब ८८ प्रतिशतले बढी हो । यि बिमा कम्पनीहरुले गत आव २०७७÷०७८ को असोज मसान्तसम्ममा जम्मा ७ अर्ब ५८ करोड रुपैयाँ मात्र बीमाशुल्क संकलन गरेका थिए । नियामक निकाय बीमा समितिका अनुसार हाल सञ्चालित विभिन्न २० बिमा कम्पनीहरुले गत असोजसम्ममा ७ लाख ३० हजार ९९७ वटा बीमालेख बिक्री गरी कूल ९ अर्ब ६९ करोड रुपैयाँ बराबरको बीमाशुल्क तथा प्रिमियम संकलन गरेका हुन् । 
जसमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै प्रिमियम रकम संकलन गरेर अर्बौं क्लबमा प्रवेश गर्न सफल भएको छ । सो कम्पनीले चालु आवको वितेका तीन महिनामै १ अर्ब ३२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकल गरेको हो । यो अवधिमा यस कम्पनीले ६७ हजार ९७ वटा बीमालेख बिक्री गरिसकेको बिमा समितिले जनाएको छ ।
समितिका अनुसार सो अवधीमा सबैभन्दा बढी संख्यामा बीमालेख बिक्री गर्ने कम्पनीहरुमा नेको इन्स्योरेन्स अघि रहेको छ । सो इन्स्योरेन्सले चालु आवको वितेका तीन महिनाको अवधीभित्रमा कुल ८१ हजार ५५६ वटा बीमालेख बिक्री गरी ८१ करोड २८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यो कम्पनी बीमाशुल्कको आधारमा भने विगतका वर्षहरुमा झैं तेश्रो स्थानमा रहेको छ ।
यसैगरि, सबैभन्दा बढी बीमाशुल्क संकल गर्ने बिमा कम्पनीहरुमा सगरमाथा इन्स्योरेन्स दोश्रो स्थानमा रहेको छ । सो इन्स्योरेन्सले ६६ हजार ९४० वटा बीमालेख जारी गरी कुल ९० करोड ६७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । त्यसैगरी, ६१ करोड देखि ६९ करोड रुपैयाँसम्म बीमाशुल्क आर्जन गर्नेमा सिद्धार्थ इन्स्योरेन्स , एनएलजी इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स रहेका छन् । यी तीनवटा इन्स्योरेन्स कम्पनीहरुले क्रमशः ६३ हजार वटा , ५४ हजार वटा र ३८ हजार वटा बीमालेख बिक्री गरिसकेका छन् ।
यस अवधीमा सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय बीमा कम्पनी लिमिटेड र यूनाईटेड इन्स्योरेन्सबीच प्रतिस्पर्धा रहेको देखिएको छ । यी दुईवटा बिमा कम्पनीले समीक्षा अवधिमा ४४ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएका छन् । जसमध्ये प्रिमियम संकलनमा राष्ट्रिय बीमा कम्पनी केही अघि रहेको छ भने सबैभन्दा बढी बीमालेख बिक्री गर्नेमा यूनाईटेड इन्स्योरेन्स निकैले अगाडि पर्न सफल भएको समितिले जनाएको छ ।
त्यसैगरि, ४० करोड भन्दा बढी प्रिमियम रकम उठाउने बिमा कम्पनीहरुमा हिमालयन जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्स रहेका छन् । यी दुईवटा बिमा कम्पनीले सो अवधीमा क्रमशः ४२ करोड ४६ लाख रुपैयाँ र ४१ करोड ४९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको समितिले जनाएको छ । समितिका अनुसार न्युनतम ३० करोड र अधिकतम ४० करोड रुपैयाँसम्म बीमाशुल्क संकलन गर्ने बिमा कम्पनीहरुमा ७ वटा निर्जीवन बीमा कम्पनी रहेका छन् । 
जसमध्ये लुम्बिनी जनरल इन्स्योरेन्स र दी ओरियन्टल तथा नेपाल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच तिब्र प्रतिस्पर्धा देखिएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र दी ओरियन्टल इन्स्योरेन्सले क्रमशः ३६ करोड ३७ लाख रुपैयाँ र ३६ करोड २० लाख रुपैयाँ प्रिमियम उठाएका छन् । त्यसैगरी, ३४ करोड ९ लाख रुपैयाँ प्रिमियम उठाएको नेपाल इन्स्योरेन्सलाई काउन्टर दिँदै एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३४ करोड २ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । 
त्यसैगरि, ३० करोड रुपैया भन्दा कम बीमाशुल्क संकलन गर्ने बिमा कम्पनीहरुमा तीनवटा कम्पनी नेशनल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स कम्पनी रहेका छन् । जसमध्ये सानिमा जनरल इन्स्योरेन्सले सबैभन्दा न्युन अर्थात २२ करोड ३७ लाख रुपैयाँ बराबरको मात्र प्रिमियम उठाएको समितिले जनाएको छ । 
समितिका प्रवक्ता एवं कार्यकारी निर्देशक राजुरमण पौडेलले लामो समय भोग्नुपरेको कोरोना महामारिको कहर विस्तारै कमहुँदै मुलुकको आर्थिक गतिविधी चलायमान भएसँगै हाल निर्जीवन बीमा कम्पनीले गत साउन, भदौ र असोज मसान्तसम्ममा यतिधेरै बीमाशुल्क तथा प्रिमियम संकलन गर्न सफल भएको बताए । उनले यो अवधीमा संकलन भएको प्रिमियम रकम अपेक्षा गरिएको भन्दा राम्रो नै भएको बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।