नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन अबको केही समयमा सुरु हुँदै छ । चितवनको नारायणी किनारमा निकै तामझामकासाथ सुरु हुन लागेको एमाले महाधिवेशनको उदघाटन शुक्रबार दिउँसो १२ः४५ बजे बाट सुरु हुँदै छ ।
नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले उपलब्ध गराएको समय बिहीबार दिउँसो ३ बजेसम्ममा बहुमत सदस्यको हस्ताक्षरसहित पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेका थिए ।
अबको केही समयपछि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन् । अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा बुझाएसँगै गठबन्धनले पाण्डेलाई मुख्यमन्त्रीमा दाबी पेस गरेको छ । गठबन्धनले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गर्दै ५९ जना सांसद्को हस्ताक्षर हिजै साँझ बुझाई सकेको छ ।
पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित सांसद एवं जनता समाजवादी पार्टीका नेता हरिनारायण रौनियारले छिमेकी राष्ट भारतका राजनीतिक दलका शीर्ष नेताहरुसित भेटवार्ता गरेका छन् । सो भेटका क्रममा नेता रौनियारले नेपाल भारतबीच रहेको आर्थिक तथा सामाजिक सुसम्बन्धको निरन्तरतामा जोड दिए ।
पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन् । आफ्ना नाति–नातिनी सहित पारिवारिक आरामकालागि बिहीबार सिन्धुपाल्चोकको सुकसटेबीच रिसोर्ट पुगेका प्रचण्ड शुक्रबार धुलिखेल पुगेर आफैले क्लासिक जिपलाइनको अनुभव लिएका हुन् ।
नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले आसन्न पार्टी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने दोहो¥याएका छन् । उनले पार्टीलाई विधिसम्मत र संस्थागत रुपले सञ्चालन गर्न सक्ने नेतृत्वको खाँचो औंल्याउँदै अब आफू आगामी नेतृत्व लिन पार्टी सभापतिमा प्रतिस्पर्धा गर्ने बताएका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ गठवन्धन सरकारको नेतृत्व सम्हालेको बुधबार १०० दिन पुगेको छ । यस अवधिमा अघिल्लो सरकारले छाडेर गएको अन्यौलग्रस्त विसंगती र अस्थिरताबाट मुलुकलाई मुक्ति दिलाउने गहन जिम्मेवारीकासाथ वर्तमान देउवा नेतृत्वको सरकारले मुख्यगरी विकास, शान्ति र सुव्यवस्था तथा सुशासन कायमगरी अघि बढ्नकालागि आधारशीला खडा गरेको महसुश भएको बताएको छ ।
नयाँ सरकारको नेतृत्व सम्हालेको ८८ औं दिनपछि बल्ल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन । उनले आफ्नो पार्टी नेपाली काँग्रेस सहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन ।
नेकपा एकीकृत समाजवादीले ११ सदस्यीय केन्द्रीय सचिवालय बनाएको छ । स्थायी कमिटीको बिहीबार बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सचिवालय बनाएको हो, जसमा वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, उपाध्यक्षहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल र जयन्ती राई छन् ।
नेकपा (एकीकृत समाजवादी) निकट पर्यटन व्यवसायी संगठन नेपालको अध्यक्षमा अन्जन थापा ‘कुमार’ चयन भएका छन । संगठनको बिहीबार राजधानीमा सम्पन्न भेलाले थापाको अध्यक्षतामा ६९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन । गणेशमान सिंहका छोरा एवं कांग्रेसका बरिष्ठ नेता सिंहले अब यस पार्टीमा आमूल परिवर्तन ल्याउनकालागि आफुले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको बताए ।
नेपाल कांग्रेसको चौधौं महाधिबेशनको लागी गण्डकी प्रदेश प्रतिनिधिमा लमजुङ प्रदेश “क” बाट गणेश वाग्लेले उम्मेद्वारी दिने भएका छन । वाग्ले यसअघि गत श्रावण
नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले शुक्रबारदेखि औपचारिक रुपमा आफ्नो केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । उसले काठमाडौँको बानेश्वरको मिनभवनस्थित आलोकनगरमा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको जनाएको हो । सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले बानेश्वर– मिनभवन आलोकनगरस्थित पूजा थापा बस्नेतको घरमा भएको केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन गरेका हुन् ।
सभामुखले निष्पक्षता देखाउन नसकेको र आफ्नो पार्टीले निष्कासन गरेका १४ जना सांसदहरुलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले प्रतिनिधिसभाको शुक्रबारको बैठक पनि अवरोध गरेको छ । प्रतिपक्षि दल एमालेको तिब्र बिरोध र नारावाजीकै बीच शुक्रबारको बैठक सञ्चालन गराउनकालागि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारवाही अघि बढाएका हुन् ।
प्रधानन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले पनि नेपाली काँग्रेस पार्टीको सदस्यता लिएका छन् । २६ वर्षीय देउवाले उनकै बुबाको गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा कमिटिको सिफारिसका आधारमा नेपाली काँग्रेसको सदस्यता लिएका हुन् ।
नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य भीम रावलले एमसीसीसँग जोडिएका सबै सम्झौता संसदमा पेश गरेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले असोजभित्र खोप दिन नसके मुलुकको अर्थतन्त्र धरापमा पर्नसक्ने बताएका छन् ।
अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीबीच मंगलबार भएको शिष्टाचार भेटमा द्धिपक्षिय सहयोगको विषयमा छलफल भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता भएको छ ।
एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिनुभएको छ । रावल अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित नेता हुन् ।
नेपालका कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु शुक्रबार एकै मञ्चमा देखिने भएका छन् ।
नेपाली काँग्रेसका युवा नेता एवम् महाधिवेशन प्रतिनिधी लिलाबल्लभ दाहाल ‘काका’ले काभ्रेपलाञ्चोकको राधाकृष्ण प्राथमिक विद्यालयका विद्यार्थीलाई पुस्तक वितरण गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा सहयोग गर्न आफू सधैं तयार रहेको बताएका छन्।
सरकारले संसदीय प्रक्रिया छलेर राजदूत नियुक्ति गरेको भन्दै ११ मुलुकमा गरेको राजदूत नियुक्ति खारेज गरेको छ ।
चीन सरकारले थप १६ लाख डोज कोभिड– १९ विरुद्धको खोप नेपाललाई उपलब्ध गराउने भएको छ ।