चितवन। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएपछि आजदेखि मतदातालाई धन्यवाद ज्ञापनका लागि घरदैलो अभियान शुरु गर्नुभएको छ ।
गोरखा । तत्कालीन गोरखा–३ बाट ०४८ र ०५१ सालको संसदीय चुनाव जितेका कांग्रेस नेता चीनकाजी श्रेष्ठले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा भने हार बेहोर्नुर्पयो । कांग्रेसको निवर्तमानमा प्रमुख सचेतक उनी गोरखा–१ मा माओवादी केन्द्रका हरिराज अधिकारीसँग तीन हजार दुई सय १७ मतान्तरले पराजित भए ।
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको जारी मतगणनाअनुसार अब ९ वटा क्षेत्रको मतपरिणाम आउन बाँकी छ । सोमबार बेलुकीसम्म १ सय ५६ प्रतिनिधिसभातर्फको मतपरिणाम सार्वजनिक भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रमुख राजनीतिक दलले उम्मेदवार बनाउन कन्जुस्याईं गरे पनि अधिकांश महिलाले प्रत्यक्षमा विजय हासिल गरेका छन् ।
चितवन । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षको मतगणना सकिएको चितवनको समानुपातिकतर्फको मतगणना अहिले बिहान १० बजेबाट सुरु हुने भएको छ ।
चितवन क्षेत्र नं. ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ४८२७६ मतका साथ विजयी हुनु भएको छ ।
लमजुङ । मतदाता शिक्षा प्रभावकारी नहुँदा लमजुङमा करिब पाँच हजार मत बदर भएको पाइएको छ । प्रतिनिधि र प्रदेशसभा गरी चार हजार ९३७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७४ कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रकी उम्मेदवार बिना मगर निर्वा्चित भएकी छन् । उनले ३८ हजार ४ सय ६७ मत पाएकी छन् ।
२०७४ नुवाकोटमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ ।
तनहुँ । नेपाली काँग्रेसका युवा नेता एवं तनहुँ क्षेत्र नं २ का प्रदेशसभा १ का उम्मेद्ववार प्रदीप पौडेलले पुनःमतदानको माग गरेका छन् ।
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य चुनावमा पराजित भएका छन् ।
काठमाडौं । रौतहटको क्षेत्र नं. २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ ।
कैलाली— नेपाली काँग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवा झन्डै पाँच हजार मतअन्तरले पराजित भएकी छिन् ।
काठमाडौँ – नुवाकोटमा आफ्नो पकड क्षेत्र बनाएर बसेको नेपाली काँग्रेसले यसपाली भने आफ्नो विरासत जोगाउन सकेन । पछिल्लो समय नेकपा माओवादी केन्द्र र एमालेले तालमेल गरेपछि काँग्रेसले आफ्नो बिउ समेत जोगाउन नसकेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभाका दुई चरणका निर्वाचनमा सरकारले मात्रै २० अर्ब रुपैयाँ खर्च गरेको छ । स्थानीय तहको तीन चरणको निर्वाचनमा २० अर्ब रुपैयाँ खर्च गरेको सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा २० अर्ब खर्च गरेको हो ।
रोल्पा । माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएका छन् । पुन २० हजार ७४१ मतान्तरले विजयी भएका हुन् ।
डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले विजयी भएका छन् । कांग्रेसका सभापति समेत रहेका देउवाले वाम गठबन्धनका उम्मेदवार खगराज भट्टलाई ६ हजार ९२९ मतान्तरले पराजित गर्दै विजयी हासिल गरेका हुन् ।
चितवन क्षेत्र नम्बर ३ को जारी मतगणनामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछाडि परेका छन् ।
कैलाली । कैलालीको क्षेत्र नं. ५ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ । प्राप्त पछिल्लो अपडेट अनुसार नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले अग्रता कायम गरेका छन् ।
काठमाडौं । मकवानपुरमा भइरहेको मतगणनामा राप्रपा अध्यक्ष तथा ऊर्जामन्त्री कमल थापाले अग्रता लिएका छन् ।
काठमाडौंमा क्षेत्र नम्बर ४ मा वाम गठवन्धनका डा. राजन भट्टराईले अग्रता लिएका छन् ।
रसुवा प्रदेशसभा क मा नेपाली कांग्रेसका प्रभात लामा विजयी भएका छन् ।
काठमाडौं क्षेत्र नं. ७ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार रामविर मानन्धरले अग्रता कायम गरेका छन् ।
काठमाडौं । धनुषा क्षेत्र नं. ३ मा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अग्रता लिएका छन् ।
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार माधवकुमार नेपालले सुरुवाती अग्रता कायम गरेका छन् ।