logo

तनहुँ १ मा कांग्रेस नेता रामचन्द्र पौडेल पराजित , एमालेका किसानकुमार श्रेष्ठ विजयी

    1838   पटक पढिएको

 

 


२४ मंसिर / अर्थ र व्यापार - तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य चुनावमा पराजित भएका छन् ।
तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका पौडेल एमालेका किसानकुमार श्रेष्ठ सँग ६४१४ मतान्तरले पराजित भएका हुन् । श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याउँदा पौडेलले २७ हजार ६ सय ७५ मत मात्र पाए । २०७० सालमा भएको संविधानसभा निर्वाचनमा पौडेलका प्रतिस्पर्धी थिए, किसान श्रेष्ठ । करिव ४५ सय मतले पराजित श्रेष्ठले यो पटक बदला लिएका छन् ।

७४ बर्षीय पौडेलले आफुलाई भावी प्रधानमन्त्री र पार्टी प्रमुखको दावेदारका रुपमा प्रस्तुत गर्दै आएका थिए । तर, उनको हारसँगै प्रधानमन्त्रीको दाबेदारी अन्त्य भयो । पौडेलको पराजयका विभिन्न फ्याक्टरहरु छन् । आफ्नै सहकर्मी गोविन्दराज जोशीसँगको उनको कटुतापूर्ण सम्वन्धले पौडेलको राजनीतिक छविलाई क्षयिकरण गरेको देखिन्छ । २ वटा निर्वाचन क्षेत्र र ४ वटा प्रदेश क्षेत्र रहेको तनहुँमा कांग्रेस क्लिन स्वीप भएको छ । तनहुँको साविक निर्वाचन क्षेत्र नः ३ बाहेक क्षेत्र १ र २ कांग्रेसले २०४८ सालदेखि लगातार जस्तो जित्दै आएको थियो । तर, यसपटक कांग्रेसले सवै गुमाएको छ ।

क्षेत्र नः २ बाट एमालेका जिल्ला अध्यक्ष केदार सिग्देल विजयी भए । उनले पूर्वमन्त्री एवम् कांग्रेस केन्द्रिय सदस्य शंकर भण्डारीलाई ३२ सयभन्दा बढि मतान्तरमा पराजित गरे । कांग्रेसका युवा नेता प्रदिप पौडेल तनहुँ निर्वाचन क्षेत्र नः २ को प्रदेश क्षेत्र (क) मा माओवादी नेतृ आशा कोइरालासँग ५ मतको झिनो अन्तरले पराजित गए । यद्यपि उनले केही ठाउँको पुनः मतदान गर्न माग गर्दै निवेदन दिएका छन् । अर्का नेता धुव बाग्ले एमालेका किरण गुरुङसँग पराजित हुँदा बौद्धिक नेताको छवि बनाएका नेता गोविन्द भट्टराई तनहुँ निर्वाचन क्षेत्र नः १ को प्रदेश क्षेत्र (क) मा एमाले नेता रामबहादुर गुरूङसँग १३ सय ८७ मतले पराजित बने ।

तनहुँको क्षेत्र नः १ को प्रदेश क्षेत्र (ख) मा माओवादी केन्द्रका हरिबहादुर चुमानले जित्दा कांग्रेस तनहुँका पूर्व पार्टी सभापति रघुनाथ पौडेल पराजित बने । चुमान र पौडेल वीचको जितको अन्तर ३४ सय ८९ छ । 
कांग्रेसले तनहुँ क्षेत्र नः २ को प्रदेश क्षेत्र (क) र क्षेत्र नः १ को प्रदेश क्षेत्र (क) न्यूनत्तम जित्ने अनुमान गरेको थियो । तर दुवै क्षेत्रमा भएको पराजयले कांग्रेस तनहुँमा रक्षात्मक बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।